पूर्णरुपमा कमैया मुक्त हुन नसक्नु दुःखद कुरा हो : मुख्यमन्त्री

सदरलाइन संवाददाता २ श्रावण २०८०, मंगलवार १३:३२
 

दाङ : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले २३ औं कमैया मुक्ति दिवसका अवसरमा शुभकामना दिदै कमैया मुक्त भए पनि अझै सुधार नहुनु दुःखद भएको बताएका छन् ।

२३ औं मुक्त कमैया दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तराईका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका २७ हजार पाँच सय ७० मुक्त घोषणा भए पनि अझै पनि पूर्णरूपमा मुक्त हुन नसकेको भन्दै दुःख व्यक्त गरे ।

मुक्त कमैयाका समस्या समाधानका लागि तीनै तहका सरकार गम्भीर बन्नुपर्ने मुख्यमन्त्री चौधरीको भनाइ छ ।


विसं २०५७ साउन २ गते कमैया मुक्ति घोषणा गरिएको थियो ।

तत्कालीन समयमा सरकारले मुक्त कमैयालाई ठाउँअनुसार एकदेखि पाँच कठ्ठासम्म जग्गा, घर बनाउन काठ र रकम उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी आयुर्वेद चिकित्सालय सञ्चालनमा

२ श्रावण २०८०, मंगलवार १३:३२
बुटवल : लुम्बिनी प्रदेश सरकारको मातहत रहेको प्रदेशकै पहिलो लुम्बिनी आयुर्वेद चिकित्सालयले १५ शैयाको अस्पताल सञ्चालन गरेको छ । असार १ गतेबाट सञ्चालनमा आएको लुम्बिनी आयुर्वेद चिकित्सालय अस्पतालमा बिरामीको भीड बढ्न थालेको छ । पछिल्लो समय एलोपेथिक मात्रै होइन आयुर्वेदिक चिकित्सा र औषधिप्रति बिरामीको विश्वास बढ्दै गएपछि चिकित्सालयमा बिरामीको सङ्ख्यामा […]

सम्बन्धित