सदरलाइनडटकम,
कञ्चनपुर : जबरजस्ती करणी गर्न खोजेको आरोपमा कञ्चनपुरमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बेदकोट नगरपालिका– १ रडहाका १७ बर्षीया बालिकालाई बलात्कर गर्न खोजेको आरोपमा स्थानीय २२ वर्षीय तारी भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।
कृष्णजन्माष्टमीका दिन शिवालयमा कीर्तन गर्न गएकी किशोलाई उनले बलात्कार गर्न खोजेको पीडितले आरोप लगाएका छन् । भट्टमाथि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालया झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।
