सदरलाइनडटकम,
घोराही (दाङ) : हत्या गरेको आरोपमा दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राप्ती गाउँपालिका १ भालुबाङ निवासी ३७ बर्षीय किरण भन्ने कुमबिर बुढालाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको हो ।
घोराही उपमहानगरपालिका १० बस्ने ३६ बर्षीय टेकबहादुर घर्तीको २०६८ असार २८ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरि मंगलवार सार्वजनिक गरेको छ । रुकुम सिस्ने गाउँपालिका ४ घरभएका घर्ती घोराहीमा माछा र अल्लो धागोको व्यवसाय गर्दै आएका थिए ।
संयुक्त लगानीमा घर्ती र बुढाले व्यवसाय गर्दै आएको र तीन लाखको हिसावकिताब नमिलेपछि बुढाले घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरी शर्माले बताए । ढोरपाटन वडा नं. ९ मा आलु खेती गर्दै आएका बुढालाई प्रहरी निरीक्षक धनदेव साउदको नेतृत्मा गएको टोलीले पक्राउ गरेको हो ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)