सदरलाइनडटकम,
रुकुम : रुकुम पश्चिमको प्रशिद्ध धार्मिक डिग्रे मेलाबाट १० लाख बढी आम्दानी भएको छ । मुसिकोट नगरपालिका थर्पुमा रहेको रहेको डिग्रे शाईकुमारी मन्दिर परिसरमा लाग्ने मेलाबाट यस वर्ष विभिन्न शीर्षकबाट १० लाख ८५ हजार ६ सय ४१ रुपैयाँ आम्दानी भएको डिग्रे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार मन्दिरमा चढाएको भेटीबाट ४ लाख ५८ हजार ५ सय ४१ रुपैयाँ, मन्दिरमा चढाएका बोकाको टाउका बिक्रिबाट ५ लाख ११ हजार २ सय, स्टल शुल्कबाट १ लाख १३ हजार ५ सय र बिबिध शुल्कबाट २ हजार रुपैयाँ आम्दानी भएको हो ।
अध्यक्ष केसीका अनुसार अन्य आम्दानी यसअघिका बर्षहरु जस्तै भएको भएपनि स्टल शुल्कबाट यसबर्ष दोब्बर आम्दानी भएको हो । अघिल्लो बर्ष स्टल शुल्कबाट ६० हजार रुपैयाँमात्र उठेको थियो । मेलाको बेला उठको रकम ब्यवस्थापन समितिले मन्दिर विकासकै लागि खर्च गर्दै आएको छ ।
