बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्यु

सदरलाइन संवाददाता २० बैशाख २०७८, सोमबार १३:३९
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा बैजनाथ गाउँपालिका ५ कि ३३ बर्षीया महिला हुन् । उनको सोमवार बिहान ६ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

यस्तै कोरोनाबाट मृत्यु हुनेमा नेपालगञ्ज ५ का ४८ बर्षीय पुरुष रहेका छन् । उनको आइतवार राती नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ९ बजेर १० मिनेटमा मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।

त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा कोहलपुर १५ का ६० बर्षीय पुरुषको आइतवार राती १ बजे मृत्यु भएको छ । बैजनाथ गाउँपालिका ८ की ६० बर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतवार राती १ बजेर २० मिनेटमा मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।


यता भेरी अस्पतालमा उपचारका क्रममा नेपालगञ्ज ३ का ५१ बर्षीय पुरुषको सोमबार बिहान साढे ३ बजे मृत्यु भएको छ भने भेरी अस्पतालमै बिहान ४ बजे नेपालगञ्ज १ का ६६ बर्षीय पुरुषको मृत्यु भएको ओलीले जानकारी दिएका छन् ।

भेरी अस्पतालमै बढैयाताल ८ बर्दियाका ४७ बर्षीय पुरुषको सोमबार बिहान साढे ६ बजे कोरोना संक्रमण बाट मृत्यु भएको छ । त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा खजुरा २ का ३२ बर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिएका छन् ।

योसंगै बाके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोमवार विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२० बैशाख २०७८, सोमबार १३:३९
नेपालगञ्ज : सोमवार मे महिनाको ३ तारिख अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । यस वर्ष ‘सार्वजनिक सम्पत्तिका रुपमा सूचना’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि यूनेस्कोको आह्वानमा मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । कोरोनाको प्रभावका कारण […]