नेपालगञ्ज बसपार्कमा निःशुल्क पिउने पानीको व्यवस्था

सदरलाइन संवाददाता २ आश्विन २०८०, मंगलवार १४:१०
 

नेपालगञ्ज : नेपालगञ्ज बसपार्कमा शुद्ध पिउने पानीको व्यवस्था गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सिद्धार्थ बैंकको सहयोग र शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्सको संरक्षण र व्यवस्थापनमा बसपार्क गेटमा निःशुल्क शुद्ध पिउने पानीको व्यवस्था गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले मंगलवार एक कार्यक्रमका बीच शुद्ध पिउने पानीको शुभारम्भ गरेका हुन् । बसपार्कमा दैनिक सयौं यात्रुहरुको आवतजावत हुने भएकाले उनीहरुको सुविधाका लागि निःशुल्क पिउने पानीको व्यवस्था गरिएको नगर प्रमुख विष्टले बताए । उनले नगरका अन्य स्थानमा पनि यसअघि शुद्ध पिउने पानीको व्यवस्था गरिएको बताउँदै आवश्यकताका आधारमा अन्य क्षेत्रमा पनि व्यवस्था मिलाइने उल्लेख गरे ।


कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, सिद्धार्थ बैंकका लुम्बिनी प्रदेश प्रमुख उपेन्द्र गर्तौला र शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्सका दिलबहादुर थापाले निःशुल्क पिउने पानीको व्यवस्थाले सर्वसाधारण लाभान्वित हुने बताए ।

सिद्धार्थ बैंकले खानेपानी मेसिन उपलब्ध गराएको छ भने शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्सले यसको रेखदेख, संरक्षण, सरसफाई र व्यवस्थापन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सप्तऋषिको आराधना गरी ऋषिपञ्चमी मनाईंदै

२ आश्विन २०८०, मंगलवार १४:१०
नेपालगञ्ज : ऋषि पञ्चमी पर्व मंगलवार बाँकेसहित देशभर नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको […]