अमर शहिद शुक्रराज शास्त्रीको १२५औं जन्मोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम

१७ भाद्र २०७५, आईतवार १९:३३
 

सदरलाइनडटकम
नेपालगन्ज : अमर शहिद शुक्रराज शास्त्रीको १२५औं जन्मोत्सव (शताब्दोत्तर रजत जन्म जयन्ती) को उपलक्ष्यमा नेपालगन्ज आर्य समाजले जिल्लास्तरिय अन्तर माध्यामिक निबन्ध तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना सम्पन्न भएको छ ।
अमर शहिद शुक्रराज शास्त्रीले गरेको बलिदानपूर्ण संघर्षले नेपालको सामाजिक जागरणमा पुर्याएको योगदानको नयाँ पुस्ताले पनि थाहा पाउन भन्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जानाएको छ ।
‘अमर शहिद शुक्रराज शास्त्रीले धार्मिक सुधार, सामाजिक जागरणमा पु¥याएको योगदान, अंधविश्वास कुरीति, कु–संस्कार विरुद्ध चलाएका कदम आदिको वारेमा कुनै पनि शिर्षक राखेर लेख्न सकिने’ निवन्धको तीन समुह बनाएर लेख्न लगाइएको आर्य समाजका राजुमान श्रेष्ठले जानकारी दिए ।
सो प्रतियोगितामा कक्षा ७ र ८ का विद्यार्थीहरु मध्ये ब्राइटल्याण्ड मावि.नेपालगन्ज कक्षा ८ कि सुरभी ज्ञवाली प्रथम भएर स्व. हिराकाजी शाक्य स्मृती छात्रवृती पुरस्कार तीनहजार र शिल्ड प्राप्त गरिन । ड्रिमल्याण्ड इमी. राँझाका कक्षा ८ कि झरना सिंजाली राना द्वितीय भएर स्व. मंगलीमाया शाक्य स्मृती छात्रवृती पुरस्कार रु. दुई हजार र शिल्ड प्राप्त गरिन । यसैगरी होलिल्याण्ड मावि.नेपालगन्ज कक्षा ८ कि अन्जना बुढा तृतीय भएर स्व. मंगलीमाया शाक्य स्मृती छात्रवृती पुरस्कार रु. १,हजार र शिल्ड प्राप्त गरेका थिए ।
कक्षा ९ र १० का विद्यार्थीहरु मध्ये ज्ञानोदय मावि. खजुरा कक्षा १० का सिर्जन प्याकुरेल प्रथम भएर स्व असनी कुमार वैश्य स्मृती छात्रवृती पुरस्कार रु. ३,हजार र शिल्ड प्राप्त गरे । त्रिभुवन मावि. कोहलपुर कक्षा ९ का उत्सव आचार्य द्वितीय भएर स्व. मोहनकृष्ण श्रेष्ठ स्मृती छात्रवृती पुरस्कार रु. २,हजार र शिल्ड प्राप्त गरे ।
यसैगरी श्रीमावि लग्धवा कक्षा ९ कि अमृता बर्मा तृतीय भएर स्व.शिवप्रसाद गुप्ता स्मृती छात्रवृती पुरस्कार रु. १हजार र शिल्ड प्राप्त गरेकी थिईन ।
कक्षा ११ र १२ का विद्यार्थीहरु मिध्येसेन्ट थोमस मावि. नेपालगन्ज कक्षा ११ का तेजबहादुर खत्री प्रथम भएर स्व.नकछेद सोनी स्मृती छात्रवृती पुरस्कार रु. तीनहजार र शिल्ड प्राप्त गरे । त्रिभुवन मावि. कोहलपुरका कक्षा १२ का जगदिश शाही द्वितीय भएर स्व. गंगाराम लोध स्मृती छात्रवृती पुरस्कार रु. २हजार र शिल्ड प्राप्त गरे । ज्ञानोदय मावि खजुरा कक्षा १२ की उमा कुमारी उपाध्याय तृतीय भएर स्व. वेदिका श्रेष्ठ आर्या स्मृती छात्रवृती पुरस्कार रु. १हजार र शिल्ड प्राप्त गरे ।
यसैगरी वक्तृत्वकलाको विषय ‘अमर शहिद शुक्रराज शास्त्रीले सामाजिक जागरणमा पु¥याएको योगदान ।’ मा विभिन्न विद्यालयका विद्यार्थीहरुले आफ्नो वाक चातुर्यताको प्रदर्शन गरेका थिए । वक्तृत्वकलामा निम्न विद्यालयका विद्यार्थीहरु विजयी भएका थिए ।
ड्रिमल्याण्ड ईमिहाइ स्कुल राँझा कक्षा १० कि अन्जली कार्की प्रथम भएर स्व. डम्बरबहादुर भण्डारी छात्रवृती स्मृती पुरस्कार रु. तीनहजार प्राप्त गरिन । श्री ध्रुवतारा विद्या मन्दिर खजुरा कक्षा १० कि सुमिना गुरुङ्ग द्वितीय भएर स्व. डम्बर बहादुर भण्डारी छात्रवृती स्मृती पुरस्कार रु. २ हजार प्राप्त गरिन भने, जय बागेश्वरी हाइस्कुल नेपालगन्ज कक्षा १० का सौरभ गुप्ता तृतीय भएर स्व. डम्बर बहादुर भण्डारी छात्रवृती स्मृती पुरस्कार रु. १,हजार प्राप्त गरे र श्री ज्ञानोदय मावि. खजुरा कक्षा ९ कि प्रकृती भण्डारी सान्त्वना भएर शिल्ड रु.५ सय पुरकास्कार जितेकी थिईन ।
पुरस्कार प्रत्येक समूहहरुमा विजयी विद्यार्थीहरुलाई ट्रफी, प्रमाण–पत्र र नगद पुरुस्कार प्रथम–तीन हजार, दोस्रो–२, हजार र तेस्रो–१ हजार प्रदान गरिएको थियो । यसै गरी विजयी विद्यार्थीहरुका विद्यालयहरुलाई पनि ट्रफी प्रदान गरियो ।


 

Next Post

६ किलो बढी यार्चासहित बुढा पक्राउ

१७ भाद्र २०७५, आईतवार १९:३३
सदरलाइनडटकम  नेपालगन्ज  : बाँके प्रहरीले नेपालगन्ज विमानस्थलबाट छ किलो बढी यार्चागुम्बासहित एक जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय बाँकेमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले शनिबार विहान समिट एयरको विमानमा डोल्पाबाट नेपालगन्ज आएका ठूलो भेरी नगरपालिका–६ का ३० वर्षिय श्रवणबहादुर बुढालाई ६ किलो […]