सदरलाइनडटकम,
नेपालगन्ज : एशिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जीत हात पारेको छ । १ सय ८९ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेलेशियाले ९ विकेटको क्षतिमा १ सय ६९ रन बनाएपछि नेपाल १९ रनले विजयी भएको हो । लगातार दुई खेलमा पराजित भएको नेपाल शनिवार तेस्रो खेलमा पहिलो जीत हात पार्न सफल भयो ।
पानी परेपछि ३० ओभरमा छोट्याइएको खेलमा नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । खराब शुरुआत गरेको नेपाललाई मोहम्मद आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले सफलताको बाटोमा डोर्याएका थिए । आज पनि नेपालको ओपनिङ अर्डर चल्न सकेन् ।
