सदरलाइनडटकम,
काठमाण्डौ : युएस डलरको भाउ फेरी बढ्ेको छ । अमेरिकी डलरको भाउ बुधबार ३८ पैसाले बढ्ेको हो । नेपाल राष्ट्र बैंकले बुधवारका एक अमेरिकी डलरको बिक्रीदर १ सय १६ रुपैयाँ ६१ पैसा तोकेको छ । मंगलवार अमेरिकी डलरको बिक्रीदर १ सय १६ रुपैयाँ २३ पैसा थियो ।
यस्तै एक अमेरिकी डलरको खरिद दर भने १ सय १६ रुपैयाँ १ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । पछिल्ला दिनमा डलरको भाउ निरन्तर बढिरहेको छ । नेपालमा भारतीय मुद्राको विनिमय दर स्थिर रहेको र अहिले भारतीय मुद्रा अवमुल्यन भएकाले नेपालमा पनि डलरको भाउ बढेको हो ।
डलर बढ्दा विदेशबाट पैसा पठाउनेलाई, पर्यटन क्षेत्र र निर्यात क्षेत्रमा फाइदा पुग्ने विश्वास गरिएको छ । नेपालको निर्यात थोरै र आयात धेरै भएकाले डलरको भाउ बढ्दा नेपालमा विदेशी सामानको भाउ बढ्ने बिज्ञहरु बताउँछन् ।


