नेपालगन्ज–१२ पूर्ण साक्षर वडा घोषित

१५ भाद्र २०७५, शुक्रबार १९:२१
 

सदरलाइनडटकम
नेपालगन्ज : नेपालगन्ज उप–महानगरको वडा नं. १२ लाई आधारभूत तहमा पूर्ण विद्यालय भर्ना वडाको रुपमा घोषणा गरिएको छ । ‘हामी सबैको ईच्छा अनिवार्य निशुल्क आधारभूत शिक्षा भन्ने मूल नाराका साथ वडालाई पूर्ण साक्षर वडाको रुपमा घोषणा गरिएको हो ।
बाँके निर्वाचन क्षेत्र नं.२ ख बाट प्रदेश सभामा निर्वाचित सांसद सुरेन्द्र बहादुर हमालको प्रमुख आतिथ्यमा एक समारोहका बीचमा सो वडाका वडा अध्यक्ष बुद्धिसागर सुवेदीले घोषणा गरेका हुन ।
सो वडामा विद्यालय जाने उमेरका ४ वर्षदेखि १२ वर्ष उमेर समूहका १५ जना बालबालिकालाई विद्यालय भर्ना गरिएको सो अवसरमा जानकारी दिईयो ।
दुई आधारभूत तहका सामुदायिक विद्यालय र ३ प्रारम्भिक बालविकास केन्द्र रहेको सो वडामा माध्यामिक तहको सामुदायिक विद्यालय नभएपनि निजिक्षेत्रका विद्यालयहरु भने रहेका छन् ।
सो अवसरमा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीबास्तब, नेपालगन्ज उपमहानगरका बार्यबाहक मेयर प्रमोद रिजाल नेपाली काँग्रेसका जिल्ला सभापति किरण कोईरालालगायतको सहभागिाता रहेको थियो ।


 

Next Post

मतदान सकियो, गणनाको तयारी गरिँदै

१५ भाद्र २०७५, शुक्रबार १९:२१
सदरलाइनडटकम, नेपालगन्ज : नेपालगन्ज उच्च अदालत बार एशोसिएशनको निर्वाचनअन्तर्गत आज भएको मतदान सकिएको छ । विहान ८ बजे शुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चलेको थियो । जम्मा २ सय ८६ मतदातामध्ये २ सय ६९ जनाले मतदान गरेको निर्वाचन अधिकृत लक्ष्मणप्रसाद पराजुलीले जानकारी दिए । बेलुकी पाँच बजेदेखि मतगणना शुरु गरिने […]