सदरलाइनडटकम
२१ मंसिर नेपालगन्ज : बाँकेका सबै निर्वाचन क्षेत्रका मतपेटिका नेपालगन्ज आईनसकेको कारण भोली २२ गते शुक्रबार विहान ८ बजे सर्वदलिय बैठक गरी मत गणना सुरु गरिने भएको छ ।
बाँकेका मुख्य निर्वाचन अधिकृत विष्णुु सुवेदीले मतपेटी सबै क्षेत्रबाट संकलन गर्ने कार्य जारी रहेको कारण सबै मतपेटीका मत गन्ने ठाँउमा ल्याईपुराउदासम्म राती अवेर हुने भएकोले शुक्रबार विहानदेखि मात्र गन्न सुरु गर्ने जानकारी दिए ।
नेपालगन्जको भेरी प्राविधिक शिक्षालय परिसरमा प्रतिनिधि सभा, प्रदेस सभा र समानुपातिक मत गन्ने व्यवस्था मिलाईएको र सो स्थानमा सबै मतदान केन्द्रबाट मतपेटीका संकलन गर्ने कार्य जारी रहेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए ।
उनले बाँकेमा शान्तिपूर्वक मतदान सम्पन्न भएको बताउदै करिव ६८ प्रतिशत मतदान भएको प्रारम्भीक अनुमान रहेको बताए ।
