गुणस्तरिय पानी उपभोक्तालाई खुवाउने ग्यारेन्टी सरकारले गर्छ : मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता २९ भाद्र २०८१, शनिबार १६:४७
 

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्ना नागरिकहरूलाई स्वच्छ र सफा गुणस्तरिय खानेपानी उपलब्ध गराई जनस्वास्थ्यमा सुधार ल्याउन सरकारले योजना निर्माण गरेको बताएका छन् ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ योगीकूटीमा रहेको शंकरनगर खानेपानी उपभोक्ता तथा सरस्फाइसंस्थाको रजत जयन्ती कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।

मुख्यमन्त्री आचार्यले गुणस्तरीय खानेपानी वितरणलाई सुनिश्चित गर्न प्रदेश स्तरीय पानी परिक्षण ल्याव स्थापना गर्न थालिएको समेत सो अवसरमा जानकारी दिए ।

उनले ‘एक घर–एक धारा’को अभियानलाई पूरा गर्दै कार्यान्वयन चरणमा रहेका खानेपानी आयोजनालाई सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिदै भने–‘प्रदेश सरकारले आफ्नै खानेपानी प्रयोगशाला स्थापना गर्दै छ । कपिलवस्तुमा स्थापना गर्ने तयारी गरेका छौं । खानेपानीको गुणस्तर परिक्षण गरेर पानी खुवाउनुपर्छ भनेर यो स्थापना गरेहका हौ । चालू बर्षमा १६८ खानेपानी आयोजना सम्पन्न गर्ने र जसबाट ७ लाख ४ हजार लाभान्वित हुने लक्ष्य राखेका छौं ।’

मुख्यमन्त्री आचार्यले योजनाबद्ध विकास प्रदेश सरकारको पहिलो आधार भएको बताउदै समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी बनाउने अभियान पूरा गर्ने दिशामा सरकार रहेको बताए ।


‘प्रदेश सरकारले हरेक नागरिक स्वस्थ हुनुपर्छ भन्ने मान्यताका साथ कार्यक्रमहरू गरिरहेका छौं’–उनले भने–‘योजनाबद्ध विकासका माध्यमबाट लुम्बिनी प्रदेशमा खानेपानी, कृषि, पर्यटन र उद्योग क्षेत्रमा सुधार गरेर विकास र समृद्धिको अभियान सफल बनाउन सक्छौं ।’

मुख्यमन्त्री आचार्यले रजत स्मारक, नव निर्मित कार्यालय भवनको उद्घाटन र रजत स्मारिकाको विमोचन गरेका थिए । रजत जयन्ती मनाउदै गर्दा खानेपानी उपभोक्ता संस्थाले निर्धारित लक्ष्य हासिल गर्न गरेका योगदान अविस्मरणीय र उल्नेखनीय रहेको मुख्यमन्त्री आचार्यले बताए ।

यो खानेपानी तथा सरसफाई संस्था लुम्बिनी प्रदेशको अग्रणी खानेपानी संस्था हो । उपभोक्ताहरुको अथक मेहनत र परिश्रमका कारण यो खानेपानी आयोजना यहाँसम्म आइपुरगेको महशुस मुख्यमन्त्री आचार्यले गरे ।

प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले सबै नागरिकलाई उच्चस्तरीय र गुणस्तरीय खानेपानी पु¥याउने लक्ष्य सरकारले पूरा गर्नुपर्ने बताए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले पानी शान्तिका लागि, पानी समृद्धिका लागि र पानी जीवनको लागि भएको बताए । सुरक्षित खानेपानीका लागि प्रदेश सरकारसंग समन्वय गरिने उनले
स्पष्ट पारे ।

प्रदेश सभा सदस्य भगवती अधिकारीले नागरिहरुलाई सहज रुपमा गुणस्तरीय पानी पु¥याउने संकल्प प्रदेश सरकारले पूरा गर्नुपर्ने बताईन । कार्यक्रममा प्रज्वल बोहोरा लगायतले सम्बोधन गरेका थिए । संस्थाका अध्यक्ष झबिन्द्र भण्डारीले कुलो, कुवा, इनार र खोलाको पानी खानुपर्ने अवस्था अन्त्य गरेर नागरिकलाई गुणस्तरीय खानेपानी पु¥याउन सफल भएको बताए । कार्यक्रमको सहजिकरण संस्थाका सचिव कमला ज्ञवालीले गरेकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाल अधिकार रक्षाको लागि कोशी प्रदेश सरकार कटिबद्ध छ : मुख्यमन्त्री कार्की

२९ भाद्र २०८१, शनिबार १६:४७
विराटनगर  : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल अधिकार रक्षाको लागि बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नु सरकारको जिम्मेवारी भएको बताएका छन् । बाल दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बालबालिकाको अधिकार रक्षा गर्दै बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराएर मात्रै भविष्यका जिम्मेवार नागरिक बनाउन […]