सदरलाइनडटकम
नेपालगन्ज : स्थानीय सरकारले जनताको ढाड सेक्ने गरी कर लिएको जन गुनासो आएकै बेलामा नेपालगन्ज उप–महानगरपालिका वडा नं. १८ ले भने आफ्नो वडाले दिने दर्जन बढी सेवाहरु निशुल्क गर्ने घोषणा गरेको छ ।
सो वडाका वडा अध्यक्ष दिपक वर्माले वडामा आउने सेवाग्राहीले जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, बसाईसराई, नागरिकता सिफारिस, नावालक सिफारिस, स्वास्थ्य उपचार सिफारिस, छात्रबृत्ति (स्वदेश) सिफारिस निशुल्क सेवा दिने निर्णय गरिएको जानकारी दिए ।
यसैगरी विपन्न विद्यार्थी सिफारिस, आर्थिक अवस्था सिफारिस, अपाङ्ग सम्बन्धित, बाल तथा युवा क्वलहरुलाई आर्थिाक तथा खेलकुद सिफारिस, कृषि औजार सामाग्री तथा विउजिन सिफारिसलाई वडा कार्यालयले निशुल्क दिने निर्णय गरेको जनाएको छ ।
