सदरलाइनडटकम,
काठमाण्डौ : अहिले अरब सागरमा बनेको ‘क्यार’ नामक चक्रवातको आंशिक प्रभाव नेपालमा पनि परेको छ । यसकै प्रभावका कारण काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । चक्रवातको आंशिक प्रभावका कारण पूर्वी क्षेत्रका झापा, मोरङलगायतका ठाउँमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिए ।
उनका अनुसार प्रदेश १ र प्रदेश ३ का हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातकोे अनुमान गरिएको छ । चक्रवातको आंशिक मात्रै प्रभाव भएकाले ठूलो हावाहुरीसहित वर्षा हुने सम्भावना भने छैन । चक्रवातको प्रभाव पूर्वतर्फ सरिरहेकाले काठमाण्डौ उपत्यका लगायत मध्य क्षेत्रको मौसम भोली र पर्सि खुल्ने छ ।
तर पूर्वी क्षेत्रमा भने भोली पनि बद्ली भई केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् मन्जु बासीले बताए । अहिले प्रदेश १, २ र ३ का धेरै ठाउँमा मौसम बद्ली भएको छ ।
