सदरलाइनडटकम,
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिएका छन् । नेपाल नगरपालिका संघको छैठौं राष्ट्रिय अधिवेशनको मंगलवार काठमाडौंमा उद्घाटन गर्दै उनले जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिएका हुन ।
जनतालाई सेवा दिन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै ओलीले कुनैपनि बहानामा जनताको काम ढिलो नगर्न सुझाव दिए । राजनीतिक क्रान्ति पूरा भएको जिकिर गर्दै प्रधानमन्त्री ओलीले आफ्नो समय समृद्ध नेपाल र सुखी नेपालीका लागि खर्च गरिने बताए ।
कार्यक्रममा प्रदेश नं. ३ का मुख्यमन्त्री एवं संघका अध्यक्ष डोरमणि पौडेल र वीरगञ्ज नगरपालिकाकी उपप्रमुख शान्ति कार्कीलाई सम्मान गरिएको थियो । लामो समयसम्म संघलाई नेतृत्व दिएर स्थानीय सुशासन प्रवद्र्धनमा योगदान पुर्याए वापत पौडेललाई र ८८ वर्षीया कार्कीलाई नगरपालिकाका जेष्ठ सदस्यका रुपमा सम्मानित गरिएको थियो ।
Next Post
चाडपर्व नजिकिँदै गर्दा भारतमा नेपाली लुटिने क्रम शुरु
१२ भाद्र २०७५, मंगलवार १६:०४
सम्बन्धित
-
९ भाद्र २०७८, बुधबार १८:०५
यी हुन् माधव पक्षमा खुलेका केन्द्रीय सदस्य, आयोगको सूचीमा केही दोहोरिए (नामावलीसहित)
-
३० भाद्र २०७९, बिहीबार १४:४८
बाँकेमा मतदाता प्रभावित पार्न मन्त्रीहरु शिलान्यास र उदघाटनमा व्यस्त
-
१३ मंसिर २०७४, बुधबार १७:५५
सुरेन्द्र हमाल : जसले खेल र राजनीतिलाई समानन्तर लिएर हिडे
-
२९ मंसिर २०७५, शनिबार १४:४७
नेकपा स्थायी कमिटि बैठक शुरु, काँग्रेस महासमिति बैठक जारी
-
२६ मंसिर २०७४, मंगलवार ११:३२
प्रतिनिधि सभामा ५ सिट र प्रदेश सभाको १२ सिटको नतिजा आउन बाँकी
-
१९ मंसिर २०७८, आईतवार १५:४३
पार्टीको नेतृत्व दोश्रो पुस्तामा आएको छ : मेयर राणा