सदरलाइनडटकम,
कञ्चनपुर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कञ्चनपुरको मझगाँउ विमानस्थल सञ्चालनको पहल भइरहेको बताएका छन् । विमानस्थलको शनिवार निरीक्षण गर्दै बन्द रहेको विमानस्थल सञ्चालनका लागि सरकारले तयारी थालिरहेको बताएका हुन् ।
भिमत्तद नगरपालिकाले आयोजना गरेको ‘विमानस्थल सम्बन्धमा छलफल’ कार्यक्रममा मन्त्री भट्टराईलेसरकारले विमानस्थल निर्माण, पुनः निर्माण तथा स्तरोन्नतिको कामलाई प्राथमिकता दिएर त्यसमा ठुलो लगानी गरिरहेको बताए ।
मन्त्री भट्टराईले विगतमा सञ्चालन भएका तर हाल बन्द अवस्थामा रहेका विमानस्थलहरू पुनः सञ्चालन गर्ने सरकारको नीति रहेकोले स्पष्ट पारेका थिए । दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताउँदै उनले विमानस्थल सञ्चालनका लागि पूर्व तयारी भइरहेको उनले जानकारी दिए ।
