युवा संघ नेपालको नेपालगञ्ज नगर अधिवेशनबाट बिरेन्द्र थापा ‘विरु’ सर्वसम्मत

सदरलाइन संवाददाता १ माघ २०८०, सोमबार १५:१४
 

नेपालगंञ्ज : एमाले निकट राष्ट्रिय युवा संघ नेपालको तेस्रो नगर अधिवेशनबाट नेपालगंञ्ज उपमाहानगरपालिका कमिटीको अध्यक्षमा बिरेन्द्र थापा ‘विरु’ चयन भएका छन् ।

युवा संघ नेपालका केन्द्रीय कमिटीका सचिव खेमराज शर्मा प्रमुख अतिथि रहेको संघको तेस्रो नगर अधिवेशनवाट थापाले पुन संघको नेतृत्व समालेका हुन् ।

नगरका २३ वटै वडावाट युवाहरुको उत्साहजनक सहभागीता रहेको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य महोम्मद हारुन, लुम्बिनी प्रदेस सभा सदस्य दुर्गा प्रसाद चौधरी, जन संगठन इन्चार्ज भिम वली, बाँके जिल्ला कमिटी उपाध्यक्ष डिल्ली बि.सी.,नेपालगञ्ज नगर अध्यक्ष दत्तप्रसाद आचार्य, नगर सचिव मोहीत शाहलगाएतको उपस्थिती रहेको थियो ।

सो अवसरमा एमाले केन्द्रीय सदस्य मो हारुणले युवाहरु त्यो शक्ति हो जसले भाषणमा मात्र होईन काममा बिस्वास गर्छ साथै युवाको हक अधिकारको लागि लडने नेकपा एमालेको नीति, बिचार र सिद्धान्तलाई आत्मसाथ गरि अन्याय अत्याचार र हिंसा मुक्त समाज निर्माणका लागि नगर ,गाउँल र टोल टोलसम्म राष्ट्रिय युवा संघ नेपालका युवाहरु लाग्नुपर्ने बताए ।


 युवा संघ नेपालका केन्द्रीय सचिव शर्माले कयौ युवाहरु बिदेश पलायन भईरहेकोले युवा संघ नेपालका युवाहरु देश बिकासमा लाग्न आब्हान गरे ।

भेलाले उपाध्यक्षमा सुनिल भाट, सचिवमा तनिष टन्डन, कोषाध्यक्ष पल्पसा थापा, उपसचिव शैलेष बोहरा तथा सौगात बिष्ट लगाएत ७१ सदस्सीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माघीका अवसरमा बाँकेको विभिन्न ठाउँमा मेला

१ माघ २०८०, सोमबार १५:१४
नेपालगञ्ज : थारू समुदायको मुख्यपर्व माघीका अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित भुवरभवानी मन्दिर परिसरमा आइतबारदेखि माघको ४ गतेसम्म माघी मेला लागेको छ । बैजापुरस्थित भुवरभवानी मन्दिर परिसरमा प्रत्येक वर्ष माघी पर्वका अवसरमा लाग्ने माघी मेलामा बाँकेसहित छिमेकी जिल्ला र भारतबाट भक्तजन यहाँ पुग्ने गरेका मेलाका संरक्षक एवं वडा नं ३ […]