दुई वर्षभित्रै लालपूर्जा वितरण हुन्छ : महासचिव पोख्रेल

सदरलाइन संवाददाता २१ कार्तिक २०७९, सोमबार १४:५७
 

दाङ : नेकपा एमालेका महासचिव शंकर पोख्रेलले अबको निर्वाचनबाट नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने र एमाले सरकार बनेको दुईवर्ष भित्र सबै सुकुमबासीहरुलाई जग्गाधनी पूर्जा वितरण गरिने बताएका छन् ।

उनले नेपालका सुकुमबासी एवं जग्गा नहुनेहरुका लागि जग्गाको व्यवस्थापन गर्दै पूर्जा वितरण गर्नका लागि एमाले सरकारले सुकुमबासी आयोग गठन गरेको, त्यसले धेरै नै काम सम्पन्न गरि सकेको अवस्थामा गठवन्धनको सरकारले आयोग विघटन गरेर सुकुमुबासीहरुको ढाडमा लात हानेको आरोप लगाए । यस विषयमा एमाले सरकारले धेरै काम गरिसकेकाले अब पूर्जा वितरण गर्न एमाले सरकार बनेपछि समस्या नहुने पोख्रेलको भनाई छ ।

दाङको घोराहीमा आयोजित पार्टी प्रबेश कार्यक्रममा उनले यस्तो बताएका हुन् ।


सो अवसरमा घोराही–१४ सेवारखोला नजिकै बसोबास गर्ने जनमैत्री टोलका ३४ जना व्यक्तिहरु एमालेमा प्रवेश गरेका छन् । सुकुमबासी बस्तीकारुपमा चिनिएको उक्त टोलको तर्फबाट सोमबार आफ्नै टोलमा भव्य कार्यक्रमको आयोजना गरी नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नम्वर २ का संघीय सांसद उमेदवार शंकर पोख्रेललाई स्वागत गर्नुका साथै ३४ जना पार्टी प्रवेश गरेका हुन् ।

विगतमा अन्य पार्टीहरुमा भोट हालेको भएपनि आफूहरुको पहिलो समस्या लालपूर्जाको रहेको बताउँदै स्थानीय बासिन्दाले नेकपा एमालेको सरकारले लालपूर्जा वितरण गर्न गठन गरेको सुकुमबासी आयोग अहिलेको सरकारले विघटन गरी लालपूर्जा वितरण कार्य नगरेको, चरम महंगी हुँदा समेत सरकार मौन बसेको भन्दै उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोल्पामा पिर्काले हानेर छोराले गरे बुबाको हत्या

२१ कार्तिक २०७९, सोमबार १४:५७
रोल्पा : रोल्पामा घरायसी विवादमा छोराले बुबाको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय सन्दीप घर्तीले पिर्काले हानेर ५४ वर्षीय बुबा मानसिंह घर्तीको हत्या गरेका हुन् । सोमवार बिहान ९ बजे घरको भान्सा कोठामा बसेर जाँडरक्सी खाइरहेका उनीहरुबीच घरायसी कुरामा विवाद हुँदा सन्दीपले पिर्काले हानेका थिए । काठको […]