चौतर्फी विरोधपछि नेपालगन्जमा निःशुल्क पार्किङ

११ भाद्र २०७५, सोमबार १६:३३
 

सदरलाइनडटकम,
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले नगरका विभिन्न स्थानमा निर्माण गर्ने भनिएको पार्किङस्थल निःशुल्क गर्ने भएको छ । सडकमा सवारी साधन पार्किङ गरेवापत शुल्क लिने भनेपछि चौतर्फी विरोध र दबाव सृजना हुँदा उपमहानगरले पार्किङस्थललाई निःशुल्क गर्ने भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाले सडकमा पार्किङ गरे वापत सर्वसाधारणसँग शुल्क लिने तयारी गरेपनि हाललाई स्थगीत गरेको छ । नगरका ५० स्थानमा पार्किङस्थल तोकेर शुल्क लिने तयारी थालेको उपमहानगरपलिकाले सर्वसाधारणको विरोधपछि शुल्क नलिने निर्णय गरेको हो । नगर प्रमुख डा. धवलशम्शेर राणाले मनोमानी तरीकाले निर्णय गर्न खोजेको जनप्रतिनिधीलेनै आरोप लगाएपछि निःशुल्क पार्किङको निर्णय भएको बैठकमा सहभागी एकजनाले बताए ।
सवारी साधानलाई पार्किङस्थलमै व्यवस्थापन गर्ने गरि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई जिम्मेवारी दिइएको प्रमुख राणाले बताए । सडकको नाला छाडेर निश्चित सडक क्षेत्र पार्किङ्गका लागि ब्यवस्था गरिएको छ । १९ ठाउँमा कार, जीप र २८ ठाउँमा मोटरसाइकलका लागि पार्किङस्थल छुट्याइएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा सोमवार बसेको नगर कार्यपालिकाको बैठकले ६ वटा विषयगत समिति पुनर्गठन, निःशुल्क पार्किङको व्यवस्था, प्रवक्ता चयन, नागरिकता सिफारिस निःशुल्क गर्नेलगायत निर्णय गरेको छ । वैठकले वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाललाई उपमहानगरपालिकाको प्रवक्ता नियुक्त गरेको छ ।
उपमहानगरका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्न रिजाललाई प्रवक्ता नियुक्त गरिएको हो । उपमहानगरपालिकाको कार्यसम्पादन नियमावली २०७४ को व्यवस्था अनुसार विषयगत समितिसमेत गठन गरिएको छ ।

Next Post

करेन्ट लागेर तुलसीपुरमा एकको मृत्यु

११ भाद्र २०७५, सोमबार १६:३३
सदरलाइनडटकम, दाङ : करेन्ट लागेर तुलसीपुरमा एकजनाको ज्यान गएको छ । करेन्ट लागेर तुलसीपुर उपमहानगरपालिका ११ उरहरीका जोगीलाल चौधरीको ज्यान गएको हो । बिज्ञापनको ब्यानर झुण्ड्याउने क्रममा सोमवार बिहान उनलाई करेन्ट लागेको थियो । करेन्टबाट घाईते भएका चौधरीको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको […]