नेपाल शिक्षक महासंघद्वारा रिले अनसन शुरु

सदरलाइन संवाददाता १५ श्रावण २०७८, शुक्रबार १३:५७
 

नेपालगञ्ज : नेपाल शिक्षक महासंघ नगर समितिको अगुवाई जसमा विभिन्न १३ वटा शिक्षक संगठनहरु आबद्ध रहेको संयुक्त आयोजनामा नेपालगञ्ज उपमहानगरपालिका लगायत देशभरी रिले अनसन शुक्रवार शुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका प्राङणमा नेपाल शिक्षक महासंघद्वारा रिले अनसन शुरु गरेको हो ।

विगतमा नेपाल सरकार र नेपाल शिक्षक महासंघसँग गरिएका मागहरु कार्यान्वन गर्नका लागि रिले अनसन शुरु गरिएको नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बिरेन्द्र यादवले बताए ।

अध्यक्ष यादवका अनुसार नेपाल सरकार समक्ष राखिएको ३४ बूँदे माग सम्बोधन गर्न शुक्रवार एक दिने देशभर नेपाल शिक्षक महासंघले रिले अनसन शुरु भएको बताए ।


नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य द्रोड वलीले शिक्षक महासंघसँग गरिएको सम्झौताहरु कार्यान्वन नभएमा आन्दोलनका कार्यक्रमहरु अगामी दिनहरुमा जारी गर्ने समेत चेतावनी दिँदै बिहान ९ बजेदेखि साँझा ४ बजेसम्मका लागि रिले अनसन गरिएको बताए ।

रिले अनसनमा विभिन्न शिक्षक संगठन आबद्ध कृष्णदेवी पाण्डे, बृजेशबहादुर सिंह, आदित्यकुमार बर्मालगायत दुई दर्जन बढीले नेपालगञ्ज उपमहानगरपालिकामा सहभागिता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भदौंमा मिस्टर नेपालगञ्जको दोस्रो अडिसन हुने

१५ श्रावण २०७८, शुक्रबार १३:५७
नेपालगञ्ज : नेपालगञ्जमा मिस्टर नेपालगञ्जको दोस्रो अडिसन हुने भएको छ । शुक्रवार पत्रकार सम्मेलन गरेर आउने भदौमा प्रतियोगिता आयोजना गर्न लागेको आयोजक संस्था सयपत्री फाउन्डेशनका सदस्य प्रेमा ओलीले बताइन् । उक्त प्रतियोगितामा १४ बर्षदेखि २८ बर्षसम्मका अबिवाहित पुरुषले भाग लिन सकिने आयोजकले जनाएको छ । २०१९ मा सम्पन्न गरेको मिस्टर […]