सदरलाइनडटकम,
बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका ६ सोनपुरदेखि जोगनपुर सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेका छन् । प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्रामबारबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का फेला परेको बताए ।
सडकलाई स्काभेटरबाट खन्दा करीब तीन फिट गहिराइमा चाँदीका सिक्का र तामाका सिक्का फेला परेको प्रहरीले जनाएको छ । १३ औँ देखि १७ औँ शताब्दीको मुगलकालीन शासनकालका सिक्का हुनसक्ने प्रहरीले जनाएको छ ।
नयाँ मुलुक भएको बर्दियामा मुगल शासनकालमा चोरी डकैतीका त्रासले माटोमुनि ती सिक्का गाडिएको हुनसक्ने अनुमान गरिएको छ । चाँदीका केही सिक्का गाउँलेले लुकाएको प्रहरीले जनाएको छ । तामा र चाँदीका सिक्का अनुसन्धानका लागि पुरातात्विक विभागमा पठाइएको प्रहरीले जनाएको छ ।
Next Post
कोरियाली भाषा परीक्षाका लागि आवेदन खुल्यो
८ चैत्र २०७५, शुक्रबार १४:२४
सम्बन्धित
-
१२ पुष २०७८, सोमबार १३:३३
जेष्ठ नागरिकमैत्री नेपालगञ्ज बन्दैं
-
९ माघ २०७८, आईतवार १५:१२
बाँकेमा आइतवार ७६ जनामा कोरोना पुष्टि
-
१२ भाद्र २०७५, मंगलवार १७:२०
औलोको उच्च जोखिम
-
३२ श्रावण २०७८, सोमबार १३:४३
कोरोनाबाट तरुण दलका नेता खड्काको निधन
-
१२ मंसिर २०७८, आईतवार १५:४०
महाधिवेशनअन्तर्गत काँग्रेस बाँकेको मंसिर १४ गते निर्वाचन
-
१७ आश्विन २०७६, शुक्रबार १९:००
निजामुद्दिन ईद्रिसीले चढाए दुर्गापूजालाई फलफुल र दक्षिणा