सदरलाइनडटकम,
काठमाण्डौ : टेष्ट क्रिकेटको विश्व वरियतामा भारतीय क्रिकेट खेलाडी विराट कोहली शीर्ष स्थानमा पुगेका छन् । अन्तर्राष्ट्रिीय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टेष्ट ब्याट्सम्यानको वरियतामा भारतीय क्रिकेट टोलीका कप्तान कोहली ९ सय ३७ अंकसहित शीर्ष स्थानमा पुुगेका हुन् ।
यस्तै अष्ट्रेलियाका पूर्वकप्तान स्टेभेन स्मिथ दोस्रो नम्बरमा छन् । दोस्रो स्थानमा रहेका स्मिथले ९ सय २९ अंक पाएका छन् । न्यूजिल्याण्डका केन विलियम्सन भने तेस्रो, अस्ट्रेलियाका डेविड वार्नर चौथो र इंग्ल्याण्डका जो रुट पाँचौ स्थानमा छन् ।
भारतका चेतेश्वर पुजारा छैठौं, श्रीलंकाका दिमथ कारनारात्ने सातौं, श्रीलंकाका दिनेश चण्डिमाल आठौं, अफ्रिकन खेलाडी डिन एल्गर नवौं र दक्षिण अफ्रिकाकै एडीन मार्कम दशौं स्थानमा परेका छन् ।
