मोडेल विजयी, ओशोनिक र मिलन बराबरमा

२६ जेष्ठ २०७६, आईतवार १७:५१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला लिग फुटबल प्रतियोगितामा मोडेल टीम, सीगाउँ विजयी भएको छ । अर्को खेलमा ओशोनिक क्लव र मिलन क्लव बराबरी खेलेका छन् । प्रहरी तालिम केन्द्रमा चलिरहेको जिल्ला लिगमा ओशोनिक क्लव अग्रता लिएर पनि जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।
ओशोनिकका अनुप गुरुङले ३७ मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । ४४ मिनेटमा मिलनका विकास पुनले गोल गरेर टीमलाई बराबरीमा ल्याए । प्रतिस्पर्धात्मक खेलमा ४७ मिनेटमा फेरि अनुप गुरुङले गोल गरेर ओशोनिकलाई अग्रता दिलाए । खेलको अन्तिम समय ६० मिनेटमा सीमान्त बुढाथोकीले गोल गरेर मिलनलाई एक अंक दिलाए ।
खेल ३०/३० मिनेटको खेलाइएको छ । अग्रता रहेको र अन्तिम समय भएकाले रक्षात्मक खेल्नु पर्नेमा ओशोनिकका खेलाडीले त्यसतर्फ ध्यान नदिंदा मिलनले अंक चोरेको थियो । अर्को खेलमा मोडेल टीमले कारकादो क्लवलाई २–० गोलले पराजित गर्यो ।
मोडेलका लागि सुचिन सिंहले १० मिनेट र राजु गुरुङले ४३ मिनेटमा गोल गरेका थिए । कारकादोमाथि मोडेल हावी भएको थियो । एन्फाको क्यालेन्डर अनुसार शुरु भएको जिल्ला लिगमा ११ वटा क्लवले भाग लिएका छन् ।

Next Post

मिडिया विधेयक पढेर प्रतिक्रिया दिन मन्त्रीको सुझाव

२६ जेष्ठ २०७६, आईतवार १७:५१
सदरलाइनडटकम, नेपालगञ्ज : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालगञ्जमा फोरजी परियोजनाको कोर कार्यालय राखिएको जानकारी दिएका छन् । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा आइतवार नेपालगञ्जमा भएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले अबको एकबर्ष्भित्र फोरजीको काम हुने बताए । उनले नेपालगञ्ज फाईभजीको पाईलट परियोजनाका लागि पनि छनौंटमा परेको बताए । […]