सदरलाइनडटकम,
काठमाण्डौ : पेरुमा शक्तिशाली भुकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ४ बजेर ४ मिनेटमा ७ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो । पेरुको दक्षिण पूर्वी शहर पुएर्टो माल्डोनाडो भन्दा २ सय ४८ किमी उत्तर पश्चिममा भुकम्पको केन्द्र विन्दु रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । भुकम्पबाट भएको क्षतिको विवरण संकलन भईरहेको अन्तर्राष्ट्रीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बारे अझै यकिन हुन सकेको छैन । नाज्का र दक्षिण अमेरिकी प्लेटमा पर्ने सो देशमा समय–समयमा भूकम्पको झटका महशुस गरिन्छ । गत जनवरीमा अरेक्वीपा क्षेत्रमा ७ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा दुई जनाको मृत्यु भएको थियो भने १ सय ४० जना घाइते भएका थिए ।
(एजेन्सीको सहयोगमा)
