निजामती सेवा दिवसमा राप्तीसोनारीमा सरसफाई

सदरलाइन संवाददाता २२ भाद्र २०७९, बुधबार १३:१७
 

राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिकामा पनि निजामती सेवा दिवस मनाइएको छ । निजामति सेवा दिवसको अवसरमा राप्तीसोनारी गाउँपालिकाका कर्मचारीहरुले विहान सरसफाई गरेका छन् ।

निजामति कर्मचारीले कार्यालयदेखि अगैया बजारसम्म पुगेर सरसफाई गरेको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए । दिवसकै अवसरमा बुधवार दिउँसो ३ बजे जनप्रतिनिधि र कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको छ ।


राप्तीसोनारी गाउँपालिकाका कर्मचारीहरुले निजामती दिवस मनाइरहँदा आजको दिनलाई कालो दिनका रुपमा चित्रण गरेका छन् । नयाँ निजामति ऐन, कर्मचारी समायोजन लगायत विषयमा असन्तुष्टि जनाउँदै निजामति कर्मचारी युनियन लगायत विभिन्न संघसंगठन आन्दोलित छन् ।

उक्त आन्दोलन चलिरहेका कारण निजामती दिवसलाई कालो दिनका रुपमा मनाउन बाध्य भएको निजामति कर्मचारी युनियन राप्तीसोनारीका अध्यक्ष गौरवकुमार लामिछानेले बताए । उनीहरुले हातमा कालो पट्टी बाँधेर दिवस मनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगरपालिकाद्वारा जग्गाधनी लालपूर्जा वितरण

२२ भाद्र २०७९, बुधबार १३:१७
नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकाले जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको छ । कोहलपुर नगरपालिका–४ मा रहेको गोहवा र बेलनपुरमा गाउँ ब्लकका १ सय १ जनालाई प्रमाण पूर्जा वितरण गरिएको छ । बुधबार कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी र ४ का वडा अध्यक्ष मुबारक अलि गुजरले संयुक्तरुपमा १ […]