सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको त्रिभुवन चोकस्थित संगमरमर शिव मन्दिरको सौन्दर्यकरण शुरु गरिएको छ । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहम्मद इस्तियाक राईको संसदीय कोषबाट शिव मन्दिरको सौन्दर्यकरण शुरु गरिएको हो ।
सौन्दर्यकरण शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य विजय यादवले एक महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम शुरु गरिएको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले सौन्दर्यकरणपछि मन्दिरमा पुजापाठ गर्न भक्तजनहरुलाई सहज हुने बताए ।
संसद विकास कोषको करीव १० लाखको लागतमा मन्दिर सौन्दर्यकरणको काम शुरु भएको समाजवादी पार्टी बाँकेका पूर्व अध्यक्ष कमरुद्दिन राईले बताए । कार्यक्रममा श्रवण कुमार यादव, बदरुद्दुजा खान, राजन रानामगर, रमारानी बैश्य, माजिद अलि शेखलगायतको उपस्थिति रहेको थियो ।
Next Post
कोरोनाबिरुद्धको अभियानका लागि नेपालगञ्ज उपमहानगरका शिक्षकको एकदिनको तलब
२६ जेष्ठ २०७७, सोमबार १७:११
सम्बन्धित
-
३० माघ २०७७, शुक्रबार १२:४३
हिमालयको तीन कोठे भवन उद्घाटन
-
२२ फाल्गुन २०७६, बिहीबार १४:३३
चट्याङ लागेर डोटीमा बृद्धाको मृत्यु
-
९ आश्विन २०७५, मंगलवार १०:२१
कञ्चनपुरमा पन्ध्र जुवाडे पक्राउ
-
२७ असार २०८०, बुधबार १४:४२
बाँके प्रशासनमा सामान्य बन्दै नागरिकता लिनेको भीड
-
२३ असार २०७५, शनिबार १९:०४
डुडुवाका १७६ जेष्ठ नागरिकले पाए सम्मान
-
४ बैशाख २०७९, आईतवार १३:१९
सुर्खेतमा टेम्पो पल्टिँदा एकजनाको मृत्यु, तीन घाइते