बाघको आक्रमणबाट एक युवक घाइते

सदरलाइन संवाददाता २४ चैत्र २०७९, शुक्रबार १३:१८
 

धनगढी : कैलालीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । टीकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकाका पवन आउजीलाई बाघले आक्रमण गरेको हो । २७ वर्षीय पवनलाई शुक्रबार बिहान बाघले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

गहुँ बारीमा उनलाई बाघले आक्रमण गरेको स्थानीयले बताए । उनको हात र कानमा चोट लागेको छ । स्थानीयले हो–हल्ला गरेपछि बाघ भागेको थियो । नेपाल–भारत सीमा क्षेत्रमा बाघ देखिएको टीकापुर प्रहरीले बताएको छ ।


घाइतेको उपचारका लागि बर्दिया राजापुर पठाएको छ । सो क्षेत्रमा बाघले युवकलाई आक्रमण गरेकाले सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा चालु आर्थिकवर्षको फागुणसम्ममा ५१ वटा सवारी दुर्घटनामा २४ ले गुमाए ज्यान

२४ चैत्र २०७९, शुक्रबार १३:१८
बर्दिया  : बर्दियामा चालु आर्थिक वर्षको फागुणसम्म जिल्लाका बिभिन्न स्थानमा भएका भएका ५१ वटा सवारी दुर्घटनामा परेर २४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालय बर्दियाका अनुसार यो अवधीमा भएका सवारी दुर्घटनामा परेर ६१ जना घाइते भएका छन । जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रमुख प्रहरी वरिष्ठ नायव निरिक्षक ईश्वरी […]