दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

सदरलाइन संवाददाता ८ चैत्र २०७९, बुधबार १३:३४
 

नेपालगञ्ज : दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ ।

नेपालगञ्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे१क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।


मृत्यु हुनेमा सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेको दैलेख डीएसपी किशोर लम्सालले जानकारी दिए ।

मृतकको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।मृतक सबै ग्यास कम्पनीकै कर्मचारीहरु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाका विद्यालयहरुमा कार्यशाला सञ्चालन

८ चैत्र २०७९, बुधबार १३:३४
नेपालगञ्ज : किशोरकिशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य समस्याका बारेमा स्थानीय सरकारलाई जिम्मेवार बनाउन बर्दियाका बिद्यालयहरुमा कार्यशाला सञ्चालन गरिएको छ । बिद्यालय स्तरमा किशोरकिशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका सवाल, समस्यालाई प्रत्यक्षरुपमा स्थानीय सरकारले बुझ्ने र यस्ता समस्यालाई समाधानका लागि जिम्मेवार हुने उद्देश्यका साथ बर्दियाका बिभिन्न पालिकाहरुका बिद्यालयहरुमा कार्यशाला सञ्चालन […]