यूईएफए अवार्डः मोडरिक, रोनाल्डो र सलाह अन्तिम तीनमा

५ भाद्र २०७५, मंगलवार ०९:४६
 

काठमाडौं । लुका मोडरिक, क्रिष्टियानो रोनाल्डो र मोहम्मद सलाह यूईएफए प्लेयर अफ दि इयरको अन्तिम तीनमा परेका छन् ।

लिओनल मेस्सी अन्तिम १० बाटै बाहिरिएका छन् भने नेइमार मनोनयनमा नै परेका थिएनन् ।


अब ८० प्रशिक्षक र ५५ पत्रकारको मतबाट रियल मड्रिडका मिडफिल्डर मोडरिक, युभेन्टसका रोनाल्डो र लिभरपुलका सलाह मध्येबाट एक जना विजेता बन्नेछन् ।

३० अगष्टमा मोनाकोमा च्याम्पियन्स लिगको समूह चरणको ड्रका क्रममा विजेता घोषणा हुनेछ ।

Next Post

उपचार गराउन भारतीय अस्पताल

५ भाद्र २०७५, मंगलवार ०९:४६
बैतडी, जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुँदा बिरामी मारमा परेका छन् । बिरामी दिनहुँ उपचारका लागि भारतका निजी अस्पताल धाउन बाध्य छन् । सामान्य शल्यक्रियाका लागि समेत बिरामी भारतीय अस्पताल जानुपर्ने अवस्था रहेको दोगडाकेदार गाउँपालिका–२ बडियाका वीरबहादुर भाट बताउँछने । “जिल्ला अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध छैन, सामान्य समस्या हुँदा पनि भारतीय […]

सम्बन्धित