काँग्रेसकै नेताद्वारा कुटिए नेविसंघका काबा अध्यक्ष देवकोटा

४ भाद्र २०७५, सोमबार १७:३३
 

सदरलाइन / यदुराज मिश्र

नेपालगन्ज : नेपाली काँग्रेसकै नेताद्वारा एकजना नेविसंघका नेता कुटिएका छन् । नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पसका कार्यवाहक अध्यक्ष चन्द्रप्रकाश देवकोटा कुटिएका हुन् ।

नेपाली काँग्रेस बाँकेका नेता एवम् पूर्वसांसद मैकुलाल बाल्मिकीले आफुमाथि कुटपीट गरेको पीडितले बताएका छन् ।

बिद्यार्थीहरुले परीक्षा दिन नपाएको विरोधमा केहि दिनअघि नेपाली काँग्रेसको भातृ संगठन नेविसंघले नेपालगन्ज हेल्थ क्याम्पसमा तालाबन्दी गरेको थियो ।

बाल्मिकीले सञ्चालन गरेको क्याम्पसमा गरिएको तालाबन्दीका विषयमा छलफल गर्न बोलाएर पूर्वसांसद बाल्मिकीले आफूमाथि आक्रमण गरेको देवकोटाले आरोप लगाए । उनले क्याम्पस संचालक बाल्मिकीले गुण्डा लगाएर आफूमाथि कुटपिट गरेको बताए ।

उता पूर्वसांसद बाल्मिकीले भने आफुले हातपात नगरेको भन्दै नेविसंघकै नेताहरुबीच विवाद हुँदा झडप भएको बताउँछन् ।


 बाल्मिकीले नेविसंघका काबा अध्यक्ष देवकोटाले क्याम्पसको ताला खुलाउन २ लाख ५० हजार रुपैयाँको ‘बार्गेनिङ’ गरेको भन्दै उनले डेढलाखमा कुरा मिलाउन खोज्दा नेविसंघका नेताबीचनै हात हालाहाल भएको बताए ।

विवाद साम्य पार्न खोज्दा आफ्नो बायाँ हातमा चोट लागेको पूर्वसांसद बाल्मिकीको भनाई छ ।
घाइते देवकोटाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । कुटाईबाट घाइते देवकोटाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले बताएको छ ।

उता काँग्रेस बाँकेले विद्यार्थी नेतामाथि भएको आक्रमणको निन्दा गरेको छ । काँग्रेस बाँकेका सचिव तप्त पौडेलले बार्ताको नाममा विद्यार्थी नेतामाथि आक्रमण हुनु निन्दनीय भएको बताए ।

  यस्तै विभिन्न विद्यार्थी संगठनले पनि घटनाको भत्र्सना गरेका छन् । वार्तामा बोलाएर विद्यार्थी नेतामाथि आक्रमण गर्नु दुःखद भएको भन्दै विद्यार्थी संगठनले घटनाको छानविन गरि दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।

विभिन्न विद्यार्थी संघठनका विद्यार्थी नेताहरुले सयुत्त विज्ञप्ती जारी गर्दै घटनाको निन्दा गर्दै कडा कारवाहीको माग गरेका छन् । यसरी विज्ञप्ती जारी गर्नेहरुमा अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाह, अखिल क्रान्तिकारीका अध्यक्ष सुरेन्द्र जंग शाह, नेवि संघका अध्यक्ष पूर्णप्रसाद आचार्य, प्रदेश सदस्य चेतनाथ शर्मा, सिटिईभिटिका प्रदेश संयोजक सुरज थापा, क्षेत्र नं. ३ रमेश तिमिल्सेना, क्षेत्र नं. ४ का आशिष काफ्ले र राप्रविसंका जिल्ला अध्यक्ष चिन्तन शाहले हस्ताक्षर गरेका छन् ।

 

Next Post

पत्रकार आचारसंहिता विपरित कार्य गर्ने दुईलाई स्थानीयले लखटेपछिं...

४ भाद्र २०७५, सोमबार १७:३३
सदरलाइनडटकम, नेपालगन्ज  : अनलाइन पत्रकारको आवरणमा भन्सार क्षेत्रमा पत्रकार आचार संहिता विपरित कार्य गर्ने दुई जनालाई स्थानीयले लखेटेका छन् । जमुनाह–नेपालगन्ज सडकखण्डको चौलिक्का नजिकै सोमबार दिउसो रुपैडिहाबाट नेपालगन्ज आउदै गरेका सर्वसाधारणलाई अनलाइन पत्रकारको नाममा चेकजाँच गर्दै सामानसमेत नियन्त्रणमा लिन खोज्ने उदयसिंह श्रेष्ठ र लक्ष्मी चौधरीलाई स्थानीयले लखेटेका हुन । भारतीय […]