द्वन्द्वपीडित तथा एकल महिलालाई मुलुकी संहिताबारे अनुशिक्षण

३ भाद्र २०७५, आईतवार १२:२२
 

सदरलाइनडटकम 
नेपालगन्ज : बाँके र बर्दियाका द्वन्द्व पीडित तथा एकल महिलालाई लक्षित गरी शुक्रबारदेखि लागू भएको कानूनका साथै लैङ्गिक र कानुनी अधिकार सम्बन्धी २ दिने अनुशिक्षण नेपालगन्जमा सम्पन्न भएको छ ।
द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेको आयोजनामा कुर्वे उष्ट्रोको प्राविधिक सयोगमा सञ्चालित सत्य निरुपण तथा मेलमिलाप प्रक्रियामा द्वन्द्व प्रभावित महिलाहरुको न्यायमा पहुँच परियोजना अन्र्तगत यो दुई दिने अनुशिक्षणको आयोजना गरेको हो ।
सो कार्यक्रममा लैगिंक हिंसा, घरेलु हिंसा, हिंसाको चक्र, सामाजिक हिंसा लगायतको विषयमा पहिलो दिन र दोस्रो दिन सामाजिक, सांस्कृतिक, कानुन र आर्थिक पाटोले महिलाको अवस्थालाई कसरी प्रभावित पार्छ भन्ने विषयमा सामुहिक छलफलसहित जानकारी गराइएको कार्यक्रममा बाँके र बर्दियाका ३० जना द्वन्द्वपीडित तथा एकल महिलाको सहभागिता रहेको थियो ।
यस्तै २०७५ भदौ १ गतेबाट लागु भएको नयाँ ऐनमा भएको सम्पत्तीको अधिकार, नागरिकताको अधिकार, व्यक्तिगत घटना दर्ता, सम्बन्ध विच्छेद लगायतको विषयमा अधिवक्ता सुनिता शर्माले प्रशिक्षण दिएकी थिईन ।
उनले हालै भदौ १ देखि लागू भएको मुलुकी संहिताको बारेमा सहभागिलाई जानकारी गराउनुको साथै उनीहरुको सो कानूनको बारेमा भएका जिज्ञासाको जानकारी दिईएको बताईन ।
साथै एकल महिला सुरक्षा कोष, द्वन्द्वको क्रममा भएका घटनाहरुको छानविनको लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बलपूवर्क बेपत्ता पारिएकाहरुको बेपत्ता आयोगको काम, कर्तव्यको बारेमा र आयोगका कुनै नीति निर्माण र कार्यक्रममा द्वन्द्व प्रभावितले आफुहरुलाई जानकारी र सहभागि नगराएको गुनासो व्यक्त गरेका थिए ।
द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेको कार्यबाहक अध्यक्ष गोमा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सत्यनिरुपण तथा मेल मिलाप आयोग र बेपत्ता आयोगले आफुहरुको समस्या समाधान गर्नु भन्दा पनि त्यत्तिकै गुम्साएर राखेको गुनासो गरेका थिए ।

Next Post

एयर पेस्तोलसहित विक पक्राउ

३ भाद्र २०७५, आईतवार १२:२२
सदरलाइनडटकम नेपालगन्ज : भारतबाट एयर पेस्तोल लिएर नेपाल आउदै गरेका जाजरकोटका एक युवा बाँके प्रहरीको नियन्त्रणमा परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले जारी गरेको प्रेस नोटका अनुसार आईतबार विहान ७ बजे जमुनाह नाकाबाट नेपालगन्ज प्रवेश गर्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय जमुनाहको प्रहरी टोलीले चेकजाँच गर्दा जाजरकोट भेरी नगरपालिका–९ […]

सम्बन्धित