राजापुर नगरपालिका बर्दिया जिल्लाकै उत्कृष्ट

सदरलाइन संवाददाता ७ चैत्र २०७८, सोमबार १६:४४
 

नेपालगञ्ज : राजापुर नगरपालिका बर्दिया जिल्लाकै उत्कृष्ट नगरपालिका भएको छ । राष्ट्रिय प्राकृतिकश्रोत तथा वृत्त आयोगको प्रतिवेदनले राजापुर नगरपालिकालाई बर्दियाकै उत्कृष्ट नगरपालिकाको सुचिमा राखेको हो ।

राजापुर नगरपालिकाले कार्य सम्पादन मूल्याङ्कनको सुचकांङ्कमा ६९.२६ अंक प्राप्त गरेको हो । जिल्लामै उत्कृष्ट नगरपालिकामा परेकाले बित्तीय समानीकरण अनुदान वाफत आर्थिक वर्ष २०७९/८० का लागि राजापुर नगरपालिकाले जिल्लामै सबैभन्दा बढी ६० लाख रुपैयाँ अनुदान पाउने भएको छ ।


जिल्लामै उत्कृष्ट नगरपालिकाको सूचीमा पर्दा कर्मचारीहरुलाई कामगर्न हौस्याएको र यस कार्यलाई थप ऊर्जाका रूपमा लिने राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्व मुख स्वाथ्य दिवश तक्षशिलामा सम्पन्न

७ चैत्र २०७८, सोमबार १६:४४
कोहलपुर (बाँके) : कोहलपुरमा विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर नेपाल डेन्टल एसोसियसन बाँकेको आयोजना र कोहलपुरमा सञ्चालनमा रहेको तक्षशिला एकेडमी बाँकेको व्यवस्थापनमा विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता र दन्त सुरक्षा सम्बन्धी प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा करिव ५ सय वढी सहभागी र ३५ प्रतियोगी रहेको थियो । तक्षशिला […]