रोल्पामा पिर्काले हानेर छोराले गरे बुबाको हत्या

सदरलाइन संवाददाता २१ कार्तिक २०७९, सोमबार १५:०१
 

रोल्पा : रोल्पामा घरायसी विवादमा छोराले बुबाको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय सन्दीप घर्तीले पिर्काले हानेर ५४ वर्षीय बुबा मानसिंह घर्तीको हत्या गरेका हुन् ।

सोमवार बिहान ९ बजे घरको भान्सा कोठामा बसेर जाँडरक्सी खाइरहेका उनीहरुबीच घरायसी कुरामा विवाद हुँदा सन्दीपले पिर्काले हानेका थिए ।


काठको पिर्काले टाउकोमा हान्दा मानसिंहको घटनास्थलमै ज्यान गएको थियो । सन्दीपलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी जुँगारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा बसबाट खसेर बस मालिकको मृत्यु

२१ कार्तिक २०७९, सोमबार १५:०१
कैलाली : कैलालीमा बसबाट खसेर बस मालिकको मृत्यु भएको छ । कैलालीको टीकापुर नगरपालिका–१ खड्गचोकमा आफ्नै बसबाट खसेर लम्की चुहा नगरपालिका–१ का ४० वर्षका विष्णु देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । टीकापुरबाट धनगढी जाँदै गरेको ना ५ ख ५८७२ नम्बरमा यात्रु चढाउने क्रममा ढोकाबाट खसेर देवकोटाको च्यापिएर मृत्यु भएको […]