स्व.कोइरालाको जन्मजयन्तीका अवरमा विचार गोष्ठी

सदरलाइन संवाददाता २८ श्रावण २०७९, शनिबार १४:२८
 

नेपालगञ्ज : नेपाली काँग्रेस बाँकेले नेपाली काँग्रेसका पुर्व पार्टी सभापती एवं पुर्व प्रधानमन्त्री स्वर्गीय शुसिल कोईरालाको ८४ औ जन्म जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।

पार्टी सभापती नारायण प्रसाद गौडेलको अध्यक्षता र पुर्वमन्त्री गजेन्द्र बहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शुसिल कोईराला र आजको सन्दर्भ विषयक गोष्ठी गरिएको हो ।


कार्यक्रममा पुर्व मन्त्री हमाल, विशिष्ट अतिथी पुर्व पार्टी सभापती किरण कोईराला, पार्टी सभापती गौडेल र पार्टीमा आवद्ध विभिन्न नेता तथा कार्यकर्ताहरुले, संविधान पिता स्वर्गिय शुसिल कोईरालाले गरेको योगदानका बारेमा चर्चा गरेका थिए ।

साथै, संविधान पिता स्वर्गिय कोईरालाले घोषणा गरेको संविधानले नै अहिले राष्ट्र चलेको समेत धारणा राखेका थिए । कार्यक्रममा तीन वटै निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ता, भातृ सङ्गठन र सुभेच्छुक संस्थाको उल्लेख्य उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खानेपानी अध्यक्षलाई कालोमोसो दलेको आरोपमा शाही पक्राउ

२८ श्रावण २०७९, शनिबार १४:२८
नेपालगञ्ज : कोहलपुरमा खानेपानी अध्यक्षलाई कालोमोसो दलेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ चिसापानीका ४५ बर्षीय कृष्णबहादुर शाही पक्राउ परेका हुन्। शाही धर्मेन्द्र बास्तोला निकट नेपाल कम्युनिष्ट पार्टी बहुमतका बाँके जिल्ला संयोजक रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी एनबहादुर मल्लले जानकारी दिए […]