आफ्नै श्रीमान्ले हत्या गरिएकी साकरुनको शव भेटियो

२४ श्रावण २०७५, बिहीबार १९:५२
 

सदरलाइनडटकम, 
नेपालगन्ज  : बाँकेको हिरमिनियामा आफ्नै श्रीमान्बाट हत्या गरिएकी साकरुन बेहनाको शव भेटिएको छ । हाल नेपालगन्ज उप–महानगरपालिका वडा नं. २३ जंगलीसिँह पुर्वा बस्ने शेरअली शेषले आफ्नै श्रीमती २७ बर्षीया साकरुन बेहनाको हत्या गरी जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।
उनकै बयानको आधारमा शव भेटिएको हो । भारतको श्रावस्ती जिल्ला, थाना मल्हीपुर, कुण्डा ग्रामसभा दामोदरा माइत भएकी साकरुनको दुई छोरा छन् ।
शेषले दिएको बयानका आधारमा उनले अफ्नो श्रीमतीलाई नेपाल भारत सीमास्थित भारतीय जंगल नजिकै हातले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । करीब डेढ महिना अघि विदेशबाट आएका ३० बर्षीय शेषले श्रीमतीको आचरण माथि शंका लागेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
लासको मुचुल्का गरी शवविच्छेदनका लागि भेरी अञ्चल अस्पतालमा ल्याइएको छ । गत मंगलवारनै हत्या गरी शेष बुधवार प्रहरीमा हाजिर भएको बाँके प्रहरीले बताएको छ ।

घाँटी थिचेर श्रीमतीको हत्यागरी श्रीमान प्रहरीमा हाजिर


Next Post

दुईसय चालिस किलो मरिच सशस्त्र प्रहरीद्वारा बरामद

२४ श्रावण २०७५, बिहीबार १९:५२
सदरलाइनडटकम, नेपालगन्ज : सशस्त्र प्रहरीले ठूलो परिमाणमा कालो मरिच बरामद गरेको छ । नेपालगन्जबाट अवैधरुपमा भारत निकासी गर्न लागिएको २ सय ४० किलो मरिच सशस्त्र प्रहरीले जमुनहाबाट बरामद गरको हो । ना २ स ७२६ नं. को अटोरिक्सामा मरिचको बोरा राखेर भारत लैजान लागेको आएको सुचनाका आधारमा सशस्त्र प्रहरी बल सिमा […]

सम्बन्धित