जहाँ लाग्छ बिहेको हाटबजार

२३ श्रावण २०७५, बुधबार ०७:२७
 

खाद्यान्न तथा उपभोग्य वस्तु किनबेच गर्नका लागि हाटबजार लाग्नु छ स्वभाविकै हो । तर चीनमा भने बिहे गर्नका लागि हाटबजार लाग्ने गर्दछ ।

सांघाइको पिपुल्स स्क्वाएरस्थित पिपुल्स पार्कमा केही वर्षदेखि एउटा अनौठो बिहे हाटबजार लाग्दै आएको छ । त्यो बजारमा बिहेका सामान होइन, बिहेको नाता अर्थात् जोडी उपलब्ध हुन्छ ।

सन् २००५ देखि यो हाटबजार लाग्दै आएको छ । हरेक शनिबार उक्त बजार लाग्ने गर्दछ । चाहे जाडो होस् वा गर्मी वा झरी जुनसुकै हालतमा बिहेको हाटबजार लागेकै हुन्छ ।

बिहेको हाटबजार ठ्याक्कै कसले शुरु गर्यो भन्ने बारेमा एउटा रोचक तथ्य छ । स्थानीय मानिसहरुले मर्निङ वाकमा गर्ने कुराकानीकै क्रममा हाटबजार सुरु भएको हो ।

स्मरणरहोस् पहिले पिपुल्स पार्कमा बिहान मर्निङ वाक गर्ने मानिसहरुको भीड हुन्थ्यो । मर्निङ वाक गर्न आएका अभिभावकहरु एक अर्कामा चिनजान गरी सँगै बसेर घरपरिवारको कुरा गर्दथे र आफ्ना बिहे गर्ने उमेर पुगेका छोराछोरीहरुको बारेमा पनि चर्चा गर्दथे ।


विस्तारै विस्तारै मानिसहरुले यो पार्कलाई बिहेवारीको कुरा गर्ने अनौपचारिक ठाउँको रुपमा प्रयोग गर्न थाले । जुन अहिले त वैवाहिक सम्बन्ध जोड्ने बजारको रुपमै विकास भएको छ ।

यो बजारमा मानिसहरु सडक किनारामै एउटा कागजको पानामा चिनियाँ भाषामा विवाह योग्य केटाकेटीको बायोडाटा लिएर बसेका हुन्छन् । त्यसमा केटा तथा केटीको उमेर, आम्दानी, अध्ययन, जन्मदिन तथा जन्मकुण्डली आदिका बारेमा पनि लेखिएको हुन्छ । यहाँबाट विवाह योग्य केटाकेटीका बायोडाटाहरु आफ्नो छोराछोरीका लागि उपयुक्त बर बधु खोज्नका बायोडाटा लैजान्छन् र चित्त बुझेमा बिहेको कुरा अघि बढाइन्छ ।

पछिल्लो समयमा चीनमा लैंगिक अनुपात असन्तुलन भइरहेको अवस्थामा यो बजार निकै चम्किएको छ ।

एजेन्सी

Next Post

‘अल्टिमेटम’ दिएको ४८ घण्टा नबित्दै सामाजिक सुरक्षा भत्ता वितरण शुरु

२३ श्रावण २०७५, बुधबार ०७:२७
सदरलाइनडटकम डुडुवा (बाँके) : बाँकेको डुडुवाका वडाअध्यक्षहरुले ‘अल्टिमेटम’ दिएपछि गाउँपालिकाले बुधवारदेखि सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । जीवन निर्वाहका लागि बृद्धबृद्धाहरुले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता डुडुवा गाउँपालिकाले सम्बन्धित वडा कार्यालयमा नपठाएपछि वडाअध्यक्षहरुले ४८ घण्टाको ‘अल्टिमेटम’ दिएका थिए । गत शनिवार वडा नं. ३, ४ र ६ का […]

सम्बन्धित

ताजा अपडेट