सांस्कृतिक कार्यक्रममार्फत सामाजिक सद्भावको प्रयास

२७ जेष्ठ २०७६, सोमबार १८:३७
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा सामाजिक सद्भावका लागि सांस्कृतिक कार्यक्रम गरिएको छ । कार्यक्रममा करीब ३ दर्जन कलाकारद्वारा एकल तथा सामूहिक नृत्य प्रस्तुत गर्नुका साथै गीत, गजल र मुक्तकहरु पनि वाचन गरिएको थियो । ठूलो संख्यामा उपस्थित स्थानीयहरुले कार्यक्रममा भरपुर मनोरञ्जन लिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सामाजिक सद्भावका लागि आफू सदैव क्रियाशील रहेको बताउँदै विभिन्न जातजाति, भाषाभाषी, धर्म सम्प्रदायको बसोबास रहेको नरैनापुरलाई आफुले सद्भावको गाउँपालिका बनाउन लागिपरेको बताए । आपसी सद्भाव, भाइचारा र भ्रातृत्वको भावनाले विकासको मार्ग प्रशस्त गर्न सहयोग गर्ने भन्दै गाउँपालिका अध्यक्ष शाहले केही महिनाअघि स्थानीय तहहरुमा जिल्लामै पहिलोपटक नरैनापुरले सद्भावका लागि सहभोज कार्यक्रमको समेत आयोजना गरेको बताए ।



विशिष्ट अतिथि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले दुर्गम क्षेत्रको पहिचान बोकेर हिँडेको नरैनापुर पछिल्लो समय विकास पथमा लम्किदँै गरेकोमा खुशी ब्यक्त गरे । शिक्षानै बृत्ति विकासको आधार भएको बताउँदै वडाध्यक्ष बेहनाले आफ्ना बालबालिकालाई विद्यालय पठाएर उज्जवल भविष्यका लागि प्रेरित गर्न आग्रह गरे । उनले सामाजिक सद्भाव कायम राख्न सबैको भूमिका आवश्यक रहेको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले सामाजिक सद्भाव कायम राख्नका लागि सबैलाई प्रेरित गर्दै स्थानीयवासीलाई मनोरञ्जन प्रदान गर्न सांस्कृतिक कार्यक्रम गरिएको बताए । गाउँपालिकाको सहयोग एवं संस्कृति मिडिया नेटवर्कको आयोजनामा गरिएको सांस्कृतिक कार्यक्रम साढे ३ घण्टा चलेको थियो । मिडियाकी निर्देशक राधा रेग्मीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन कमल विक निर्मोहीले गरेका थिए ।

Next Post

पाँच लाख दिने सहमतिमा शव उठाइयो

२७ जेष्ठ २०७६, सोमबार १८:३७
सदरलाइनडटकम, सल्यान : करेन्ट लागेर मृत्यु भएपछि ५ लाख दिने सहमतिमा शव उठाइएको छ । सल्यानमा करेन्ट लागेर महिलाको मृत्यु भएपछि पाँच लाख क्षतिपूर्ति दिने सहमति भएको छ । बागचौर नगरपालिका वडा नं. २ शेराचौरकी ३७ बर्षीया भूमी वलीको करेन्ट लागेर मृत्यु भएपछि विद्युत प्राधिकरण सल्यानले प्रचलित नियमअनुसार ५ लाख […]

सम्बन्धित