सदरलाइनडटकम,
बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिकाका जनप्रतिनिधीहरुले पाँच बुँदे प्रतिबद्धता जनाएका छन् । गाउँपालिकाको वडा न. १ मा बुधवार सम्पन्न दोश्रो सार्वजनिक सुनवाई कार्यक्रममा जनप्रतिनिधीहरुले भदौं मसान्त भित्रै नागरिक वडापत्र, उजुरी पेटिका, सूचना अधिकारी राख्नेलगायत पाँच बुँदे प्रतिबद्धता गरेका हुन् ।
उत्पीडित सामुदायिक विकास केन्द्र बाँकेको सहजीकरणमा वडा कार्यालयले प्रदान गर्ने सेवा सुविधाबारे सार्वजनिक सुनवाई गरिएको थियो । कार्यक्रममा आर्थिक वर्ष ०७४/०७५ मा वडा नं. १ ले सम्पन्न गरेको कार्यबारे वडाध्यक्ष रुपबहादुर मल्लले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै वडासचिव कृष्णप्रसाद उपाध्यायले सार्वजनिक सुनवाईको औचित्यबारे प्रष्ट पारेका थिए ।
