निकुञ्जमा छाडापशु छाड्न अवरोध भएपछि नेपालगन्ज फर्काईयो

१६ श्रावण २०७५, बुधबार २३:०५
 

दरलाइनडटकम


नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती भित्र उप–महानगरका छाडापशु संकलन गरेर छाड्न लागेको अवस्थामा निकुञ्जले मंगलबार राती करिव १० बजेतिर तीनजना नगरका रक्षकसहित १३ जनालाई करिव १२ घण्टा नियन्त्रणमा लिएर छाडेको छ ।
बाँके राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले नेपालगन्ज उप–महानगरका नगर रक्षक सहित ४ वटा ट्रकमा लोड गरेर निकुञ्जको मध्यवर्ती क्षेत्रमा छाड्न लागेको अवस्थामा नियन्त्रणमा लिएरको जानकारी दिए ।
उनले भे १ क ३११, लु १ ख ५७९२, से १ ख १४४६, भे १ ख २१९५ नंबरको ट्रकमा लोड गरिएका ७५ वटा छाडा घरपालुवा पशु र बा ११ च ६९३७ नंबरको नगर रक्षक चढ्ने जीप नियन्त्रणमा लिएर बुधबार बिहान ११ बजे तिर पुनः निकुञ्ज क्षेत्रभित्र छाडा पशु नछाड्ने प्रतिबद्धता गराएर कोहलपुर चौराह कटाएको जानकारी दिए ।
बाँके राष्ट्रिय निकुञ्ज बाघ संरक्षणको लागि स्थापना गरेको र बाघ तथा जंगली जनावरमा घरपालुवा जनावरमा रहेको खोरेत जस्तो संक्रमित रोग सर्न सक्ने जसको कारण सबै जंगली जनावर नै सखाप हुने खतरा हुने भएकोले पनि निकुञ्ज क्षेत्रमा घरपालुवा जनावर छाड्न नहुने तर्क गर्छन निकुञ्का सहायक संरक्षण अधिकृत भण्डारी ।
उनले घरपालुवा जनावरमा बाघ पल्कदा जनावर र मानवमा आक्रमण गर्ने तथा उसका आनीबानी नै परिवर्तन भएर लोप हुने खतरा बढेको कारणले पनि निकुञ्जमा घरपालुवा जनावरको उपस्थिती हुन नहुने उनले बताए ।
बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्काले नेपालगन्ज र कोहलपुर नगरपालिकाले सधै नगरका छाडा बस्तु निकुञ्जमा ल्याएर अलपत्र छाडिदिदा दुर्घटना निम्त्याउनुको साथै मध्यवर्ती क्षेत्रका किसानको खेती सखाप पारेर हैरान पारको बताए ।
उनले लामो समयदेखि आफुहरुको आँखाछलेर दुबै नगरपालिकाले आफ्नो क्षेत्रमा भएको छाडा पशु संकलन गरेर राती निकुञ्जको खैरी सुखर खोलामा छाड्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर पुनः नेपालगन्ज नै पठाईएको जानकारी दिए ।  

Next Post

१७ साउन २०७५ बिहिवारको राशिफल

१६ श्रावण २०७५, बुधबार २३:०५
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । चोटपटक लाग्न सक्छ ।   मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास […]

सम्बन्धित