सदरलाइनडटकम
२३ पुस, नेपालगन्ज : बाँकेको नौवस्ता–७ सुतैयामा शिव मन्दिर शिलन्यास गरिएको छ । स्थानीय पञ्चदिप युवा क्लबको आयोजनामा सो शिव मन्दिर शिलन्यास गरीएको हो । शिलन्यास पश्चात अब नौवस्ता–७ मा शिव मन्दिर बन्नेमा सबै स्थानीय आशाबादी रहेका छन् । शिलन्यास कार्यक्रममा ३ लाख ३२ हजार ९७ रुपैया रकम उठेको छ ।
कार्यक्रममा पूर्वमन्त्री फत्ते सिंह थारु, राप्रपाका संसद गिता सिहले नगद २ लाख दिने कबुल तथा प्रतिबद्धता गरेपछि सो मन्दीरका लागि ३ लाख ३२ हजार ९७ हजार रकम उठेको क्लबका अध्ययक्ष शिव आर्चायले बताए ।
कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य भानुभक्त भटराई, स्थानीय राजनिकदल समाजसेवी लगाएतको उपस्थिति रहेको थियो । सो अवसरमा दानगर्ने दाताहरुलाई सम्मान गरिएको कार्यक्रमका स्थानीय विभिन्न सास्कृतिक कार्यक्रम समेत गरीएको थियो ।
कार्यक्रमका विशिष्ट अथिति समेत रहेका राप्रपा नेता थारुले धर्म निरपेक्षताले नेपालीहरुको पैचान गुमेको दावी गर्दै पार्टी एकिकरणपछि आफ्नो पार्टीको एक मात्र धर्म धर्मनिरपेक्षताको विरुद्धमा जनमत संकल तथा ठूला पार्टीलाई खरबरदारी गर्ने बताए ।
नेपाली काँग्रेस महासमिति सदस्य भानुभक्त भटराईले नौवस्ता गाविसलाई सुकुमबासिहरुको नाममा राजनीति नर्गन राजनीतिक दललाई आग्रह गरे । भटराईले यहा सुकुमबासी समस्या समाधान गर्न अब राज्यले ढिला गर्न नहुने बताए ।
स्थानीय पञ्चदिप युवा क्लबले तिहारमा देउसी भैली खेली बचेको रकमबाट शिव मन्दिर बनाउने लक्ष्य अनुसार शिव मन्दिर शिलन्यास कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल तथा दाताहरुलाई सम्मान गरिएको थियो ।
नौवस्ता गाविस सचिव विरेन्द्रकुमार माझिले युवाहरुको सक्रियातामा धर्म तथा सास्कृतिको संरक्षण हुने बताए । माझिले समग्र नौवस्ता गाविसको विकासमा युवाहरुको आवश्यक रहेको बताए । कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष शिव आर्चायले गरेकोे कार्यक्रमको संचालन पत्रकार रबि रोकायाले गरेका थिए ।