सदरलाइन / सौजन्य राज श्रेष्ठ
नेपालगन्ज : यौन मनोबैज्ञानिक कथामा आधारित भएर निर्माण गरिएको चलचित्र ‘मिस्टर भर्जिन’ ! आगामी भदौ १ गतेबाट देशभर रिलिज हुने भएको छ ।
यति बेला चलचित्रको ट्रेलर र गीतका कारण चलचित्र चर्चामा रहेको चलचित्र ‘मिस्टर भर्जिन’मा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय हेर्न पाइन्छ ।
निर्देशक विशारद बस्नेतद्वारा निर्देशित सो चलचित्रमा विजय थापा, अजय पन्त, सन्तोष बोहोरा, हिरा लामा, कपिल खड्का, स्नेहा पौडेल, विशारत बस्नेत, महेश दवाडीको कथा, पटकथा रहेको छ भने संवाद महेश दवाडीले लेखेका हुन् ।
चलचित्रलाई वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरले निर्माण गरेको हो । चलचित्रको कथा योन मनोबैज्ञानिकमा आधारित रहेको बताईएको छ । प्रशिक्षार्थी
