जिल्ला बन कार्यालय बाँकले गर्यो उत्कृष्ठ कार्यगर्ने सामुदायिक बन र निजि बनलाई पुरस्कृत

२ श्रावण २०७५, बुधबार २०:५२
 

सदरलाइनडटकम
नेपालगन्ज : जिल्ला बन कार्यालय बाँकेले चुरे क्षेत्र, बन संरक्षण तथा डढेलो नियन्त्रणमा उल्लेखनिय भूमिका निर्वाह गर्ने विभिन्न १६ वटा सामुदायिक बन तथा व्यक्तिलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
चुरे क्षेत्रको संरक्षणमा उत्कृष्ठ भूमिका निर्बा गर्ने ४ सामुदायिक बन, अग्नी नियन्त्रणमा प्रभाकारी भूमिका निर्वाह गर्ने ३ वटा सामुदायिक बन, जिल्लाका उत्कृठ सामुदायिक बन ३ र जिल्लाका उत्कृष्ठ ६ नीजि बनलाई प्रमाणपत्र सहित पुरस्कृत गरिएको हो ।
जिल्ला बन अधिकृत ईश्वरी प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीबास्तबले विजेता बनका प्रतिनिधिलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।
बाँके खजुरा–३ का भोमकला शर्माले नीजि बनको प्रथम पुरस्कार प्राप्त गरेकी छन् । उनले ४० हजार सहित प्रमाणपत्र प्राप्त गरेकी हुन । यसैगरी डुडुवा–६ का विध्यावती मुराउले ३० हजारसहित दोस्रो, डुडुवा–२ काखाल्दा खातुन २० हजार सहित तेस्रो र खजुरा–१ का धिरजमान श्रेष्ठ, कालुराम सार्की, बैजनाथ–५ का चम्पालाल बोथराले जनही १३ हजार ५ सय प्राप्त गरेका थिए ।
वोथराले नीजि बनको लागि आवश्यक पर्ने विरुवा उत्पादन गर्नको लागि आफुले प्राप्त गरेको पुरस्कारको रकम जिल्ला बनमार्फत निजि बन सञ्जाललाई उपलब्ध गराए पपुलर र युकेलिफ्टिस जस्ता विरुवालाई कृषि उपजमा राख्न माग गरे । सो अवसरमा नेपालगन्जको जिल्ला बन कार्यालय अगाडिको सुर्खेतरोडमा विभिन्न प्रजातीका विरुवा रोपिएको थियो ।  

Next Post

वडा कार्यालय र विद्यालय भवनको उद्घाटन

२ श्रावण २०७५, बुधबार २०:५२
सदरलाइनडटकम गंगापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ को कार्यालय बुधबारदेखि आफ्नै नयाँ भवनमा सरेको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जमुनीमा नवनिर्मित ४ कोठे भवनको उद्घाटन गरे पछि आफ्नै भवनबाट वडा कार्यालय सञ्चालनमा आएको हो । ३८ लाखको लागतमा एक बैठक कक्षसहित ४ कोठे भवन निर्माण […]