ब्लास्ट रोगले जुम्लाको मार्सी धानबाली नष्ट हुने अवस्थामा

सदरलाइन संवाददाता १६ भाद्र २०७९, बिहीबार १५:१७
 

नेपालगञ्ज : नेपालको सर्वाधिक अग्लो स्थानमा उत्पादन हुने जुम्लाको मार्सी धानबालि ब्लास्ट रोगले नष्ट हुने अवस्थामा पुगेको छ । जुम्लाको तातोपानी गाउँपालिका–४ को गौतमवाडामा रहेको धानको ज्युलोको धानबाली ब्लास्ट रोगले सखाप भएको छ ।

रोग लागेपछि त्यहाँका किसानलाई बाँकी बाली कसरी जोगाउने भन्ने चिन्तामा छन् । त्यहाँ असारमा धान रोपिएको हो । धानमा ब्लास्ट रोग लागेपछि किसानहरू कृषि विकास कार्यालय जुम्लामा औषधि खोज्दै पुगेको स्थानीय भावना उपाध्यायले बताइन् ।


उनले भनिन्, ‘पाँच जनाको धान खेतमा बढी नै समस्या देखिएको छ । सबैले कालीमार्सी धान लगाएका थिए ।’ तातोपानीकै अर्की किसान जानकी गौतमले धानको गुबो खुइलिएर खैरो, सेतो हुँदै बोट नै मर्ने गरेको दुःखेसो गरिन् ।

उनले भनिन्, ‘हाम्रो पहिचान बनेको मुख्य धानबाली नै हो । यसको उपचार नभए परिश्रम नै खेर जाने पक्का छ ।’ यता, कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीले प्राविधिकहरू धान खेतमै पुगेर निरीक्षण गरेको र किसानलाई परामर्श दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

१६ भाद्र २०७९, बिहीबार १५:१७
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुरे जंगलमा बुधवार राती सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन । गम्भिर घाईते भएका पुरुषलाई प्रहरीले उद्धार गरि अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत्त घोषणा गरेका थिए । बुधवार राती करीब […]

सम्बन्धित