सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले २०७६÷०७७को नीति तथा कार्यक्रम आइतबार गाउँसभामा पेश गरिएको छ । गाउँपालिका अध्यक्ष रामनिवास यादवले गाउँपालिकाकोे पाँचौ गाउँ सभा समक्ष आर्थिक बर्ष नीति तथा कार्यक्रमे प्रस्तुत गरेका हुन ।
जानकी गाउँपालिकाको नीति तथा कार्यक्रम र गाउँ सभा ८ गते देखि १४ गतेसम्म संचालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिए ।
गाउँसभामा पेश गरिएको नीति तथा कार्यक्रममा दफावार छलफलका लागि भोली सोमबारदेखि छलफल हुने गाउँपालिका अध्यक्ष यादवले सभामा जानकारी गराए ।
गाउँपालिकाको नीति कार्यक्रममा प्रमुख प्राथमिकता पूर्वाधार निर्माण परेको छ । यसका साथै कृषिलाई दोस्रो प्राथमिकतामा पारिएको छ । गाउँ सभामा अध्यक्ष यादवले प्रस्तुत गरेको नीति कार्यक्रम कृषकका लागि सिंचाई मल, विउ तथा बजारीकरणलाई विशेष महत्व दिईएको छ ।
यसका साथै गाउँपालिकाको पिप्रहवा चोकदेखि सि गाउँसम्मको बाटो निर्माण पनि प्रमुख प्राथमिकतामा परेको । नीति कार्यक्रममा मावि संचालन नभएका वडामा मावितहको पढाई संचालनका लागि यसै वर्ष देखि पहल गरिने नीति कार्यक्रम उल्लेख गरिएको छ । शिक्षा क्षेत्रको भौतिक सुधारका लागि पनि विशेष प्राथमिकतामा रहने नीति कार्यक्रममा रहेको यसका साथै स्वास्थ्य तथा सरसफाई र स्वच्छ खानेपानीको सुविधा सबै नागरिकलाई समान अवसर प्रदान गरिने भएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष यावदले गरिब, विपन्न, दलित, जनजाति, मधेसी, मुस्लिम लगायतको आर्थिक स्तर बृद्धिका लागि गाउँपालिकाले यस वर्ष विषेश कार्यक्रम संचालन गरिने बताइएको छ । गाउँपालिकाले भौतिक पूर्वाधारको विकासका साथै दक्ष जनशक्ति निर्माण गर्ने र सबैलाई समान तरिकाले आय आर्जनमा अवसर प्रदान गरिने उल्लेख छ ।