एक वर्षमा बाँकेबाट ८ सयलाई बैवाहिक अंगिकृत नागरिकता

२ श्रावण २०७५, बुधबार २०:३०
 

सदरलाइनडटकम
नेपालगन्ज  : जिल्ला प्रशासन कार्यालय बाँकेले आर्थिक वर्ष २०७४/०७५ मा ८ सयलाई बैबाहिक अंगिकृत नागरिकता बितरण गरेको जनाएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले गत आर्थिक वर्षको साउनदेखि असारसम्म कार्यालय र मातहातका ईलाका प्रशासन कार्यालयबाट गरी १६ हजार ४ सय ५१ जनालाई नागरिकता वितरण गर्दा ती मध्ये बैबाहीक अंगिकृत नागरिकता ८ सयलाई वितरण गरेको जनाकारी दिए ।
उनले भने–‘साउनदेखि असारसम्म जिल्ला प्रशाशन कार्यालय बाँकेबाट बंशजको आधारमा ८ हजार ६ सय ५६ र बैबाहिक अंगिकृत ७ सय २५, ईलाका प्रशासन कार्यालय नरैनापुरबाट १ हजार ६ सय बंशज र बैबाहिक आंगिकृत ५०, ईलाका प्रशासन कार्यालय कोहलपुरबाट बैबाहिक अंगिकृत २५, बंशज ५ हजार ४ सय ७० जनालाई बितरण गरिएको छ ।’
बैवाहिक अंगीकृतको नागरिकता पाउन सहज भएको प्रशासनले जनाएको छ । उनले एक वर्षको अवधीमा ६ हजार १ सय ९३ जनालाई नागरिकताको प्रतिलिपिका साथै ६ हजार १ सय ३३ लाई राहदानी (साधाहरण)को वितरण तथा सिफारिस गरेको जानकारी दिए । यसमा ४ हजार ७ सय ९४ जिल्ला प्रशासन कार्यालय बाट र १ हजार २ सय ५६ थान ईलाका प्रशासन कार्यालय कोहलपुरबाट सिफारिस भएका छन् । यसैगरी २ हजार २ सय ६५ थान द्रुत सेवाको राहदानी सिफारिस रहेको छ ।
प्रजिअ केसीले सो अवधीमा ३ करोड ११ लाख ६१ हजार ७ सय २९ रुपैया ५५ पैसा राजश्व संकलन गरेको जानकारी दिए । उनले भने–‘रहदानी सिफारिसबाट २ करोड ९२ लाख २५ हजार, संस्था दर्ता नविकरणबाट ५ लाख,२ हजार ६ सय ५०, हातहतियार नविकरणबाट १ लाख ८० हजार ७ सय र न्यायिक दस्तुरबाट १२ लाख ३८ हजार २ सय ७९ र परीक्षा दस्तुर १५ हजार १ सय रुपैयाँ राजस्व उठाउन सफल भएको छ ।’
उनले गत वर्ष बजार अनूगमनलाई प्रभावकारी बनाउदै कालोबजारी नियन्त्रणका लागि उल्लेखनिय काम भएको दावी गरे उनले भने–‘एक वर्षको अवधीमा ७४ पटक बजार अनुगमन गर्दै कार्यालयबाट प्रवाह भएको सेवा पनि सन्तोषजनक पाईएको छ ।’
प्रमुख जिल्ला अधिकारी केसीले कार्यालयमा कर्मचारी दरबन्दी रिक्त हुँदा दैनिक सेवा प्रवाहमा कठिनाई हुँदै आएको र यसको प्रभाव दैनिक कामकाजका लागि आउने सेवाग्राहीलाई समेत प्रत्यक्ष पर्ने गरेको बताए ।
उनले जिल्ला प्रशासन कार्यालय बाँकेमा ३८ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल ३२ जना मात्रै कार्यरत रहेको जानकारी दिदै भने–‘ कुल दरबन्दीको २० प्रतिशत भन्दा बढि कर्मचारी दरबन्दी रिक्त भएपछि कार्यालयको दैनिक कामकाज प्रभावित हुने गरेको छ ।’
उनले गत वर्ष नयाँ संस्था दर्ता ५३ र नविकरण २६८, पत्रिका नयाँ दर्ता २, समेत गरी १४८ वटा, हातहतियार नामसारी मृत्युपछि १६, नविकरण ८२ थान, प्रमाणित तथा सिफारिस २ हजार ५ सय ७५, विबाह दर्ता ९, नाबालक परिचयपत्र १८८ वितरण गरेको जानकारी दिए ।

Next Post

जिल्ला बन कार्यालय बाँकले गर्यो उत्कृष्ठ कार्यगर्ने सामुदायिक बन र निजि बनलाई पुरस्कृत

२ श्रावण २०७५, बुधबार २०:३०
सदरलाइनडटकम नेपालगन्ज : जिल्ला बन कार्यालय बाँकेले चुरे क्षेत्र, बन संरक्षण तथा डढेलो नियन्त्रणमा उल्लेखनिय भूमिका निर्वाह गर्ने विभिन्न १६ वटा सामुदायिक बन तथा व्यक्तिलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । चुरे क्षेत्रको संरक्षणमा उत्कृष्ठ भूमिका निर्बा गर्ने ४ सामुदायिक बन, अग्नी नियन्त्रणमा प्रभाकारी भूमिका निर्वाह गर्ने ३ वटा सामुदायिक […]