प्लानको परियोजना सल्लाहकार समितिद्वारा अनुगमन

सदरलाइन संवाददाता ७ पुष २०८०, शनिबार १७:०३
 

नेपालगञ्ज  : प्लान ईन्टरनेशनल नेपालले बाँकेमा सञ्चालन गरेका विभिन्न परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिद्वारा स्थलगत अनुगमन गरिएको छ ।

बाँकेमा प्लान ईन्टरनेशनल नेपालले बाँके युनेस्को क्लव, साथी संस्था लगायतको सहकार्यमा बाँकेको खजुरा बैजनाथ गाउपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपािलकामा बाल केन्द्रित सामुदायिक विकास परियोजना दोस्रो फेज अन्तरगतको रोकथाम, पहिचान, शिक्षा र रुपान्त्रण परियोजना सञ्चालन गर्दै आएको छ ।

सो परियोजना मानव बेचविखन बिरुद्ध रोकथामका लागि प्रोटेक्ट परियोजना अन्तरगत जिल्ला प्रशासन कार्यालयमा राहदानी लिन आउने सेवाग्रहीलाई साथी संस्थाले प्लानको सहयोगमा सुरक्षित बैदेशिक रोजगारमा जानको लागि सल्लाह दिनुको साथै उनीहरुलाई बेचविखनको जोखिमबाट मुक्त गराउने प्रयास गर्ने गरिएको बारेमा जानकारी गराईएको थियो ।

यसैगरी सोही परियोजना अन्तरगतको जमुनाह नाकामा रहेको निगरानी समूह्ले बेचबिखनको जोखिममा रहेका महिला तथा बालबालिकाको पहिचान गरी उनीहरुलाई जोखिमको बारेमा जानकारी दिएर अभिभावक तथा परिवारमा पुनरमिलन गराउने गरेको साथी संस्थाको जमुनाह सेन्टरको सहजकर्ता टिका शर्माले जानकारी दिईन ।

उनले धैरैजसो घरेलु हिंसा, बेचकिखनको जोखिममा रहेका मासिक ५६ सय बढीलाई काउन्सिलिङ्ग गर्ने गरेको र गत तीन महिना यता ३७ जना महिला तथा बालिका जो अत्यन्त जोखिममा रहेका थिय उनीहरुलाई उद्दार गरी सेल्टर हुँदै परिवारमा पुनरमिलन गराएको बताईन ।

यसैगरी प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवसंगको सहकार्यमा सञ्चालन गरिएको प्रोटेक्ट परियोजना अन्तरगत खजुरा गाउपलिकाको भानु मावि उढरापुरका विद्यार्थीहरुमा स्टीक एण्ड स्टोन कक्षा सञ्चालन गरी गुडटच, व्याड टचलगायतका विषयमा र हिंशामा पर्नसक्ने खतरा आंकलन गरी प्रतिकार गर्ने, अरुलाई भनेर त्यस्तो दुव्यवहार रोक्न सकिएको कक्षा १० कि हिना पाठकले बताईन । उनले यो सेसनबाट आफुहरु जस्ता किशोरी दुव्र्यबहारबाट जोगिएको दाबी गरिन ।


हिना जस्तै सानिया खान, रुकशाना खानको अनुभव रहेको छ । उनीहरुले आफुहरु मात्र नभई अरुलाई हुने दुव्यवाहरका बिरुद्ध जोडदार रुपले आवाज उठाउन सक्ने भएको बताए । सो विद्यालयमा स्टीक एण्ड स्टोन सेशन सञ्चालन गरी उनीहरुलाई आफ्नो हक तथा आफुहरुमाथि हुनसक्ने दुव्यवहारको कडा प्रतिबाद गर्न सक्ने बनाएको शिक्षक गिता अर्यालको भनाई थियो ।

परियोजनाले कोहलपुरमा युवाहरुका लागि विभिन्न सचेतनामुलक गतिविधि सञ्चालन गरेको र त्यसमा संलग्न भएर युवा तथा बालबालिकाहरुले विभिन्न खालका सचेतनामुलक तथा जनउपयोगी कार्य गर्दै आएको युवा सचेना केन्द्रका रमेश वडले जानकारी दिए । उनले जनचेतनामुलक देउसी भैलो खेलेर आश्रमलाई सहयोग, आफ्ना साथीहरुलाई लागू औष तथा कुलतबाट छुटाउन विभिन्न खालका अभियान सञ्चालन गरेको बताए ।

जिल्ला समन्वय समिति बाँकेका निमित्त प्रमुख सिता कार्की, जिल्ला समन्वय निमित्त अधिकारी रेखा श्रेष्ठ, शिक्षा समन्वय तथा विकास ईकाईका रामसुरेश यादव, कोहलपुर नगरपालिकाका ईश्वरी विक, नेपालगञ्ज उपमहानगर –१२ का अध्यक्ष तरुण बज्राचार्यलगायतले प्लानको सहयोगमा सञ्चालनमा रहेका कार्यक्रमलाई स्थलगत अनुगमन गरेका थिए ।

सो अवसरमा प्लान नेपालका स्पाेन्सरसिप अधिकृत जनकराज गिरी, कार्यक्रम अधिकृत  सन्तोष पुलामीले प्लान ईन्टरनेशनल नेपालले बाँकेमा गरेका विभिन्न गतिविधिको बारेमा प्रस्तुती गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारी ७ का खेलाडी उत्साहित

७ पुष २०८०, शनिबार १७:०३
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं ७ को नेबुवाटारमा रहेको शहिद स्वर्गिय दल बहादुर घर्ति मगर खेल मैदानमा खेल खेल्ने ४० जना खेलाडीलाई शनिबार एक कार्यक्रमका बिच खेलकुद सामग्री बितरण गरिएको छ । अमेरिकामा बस्दै आउनु भएका नेपालगञ्ज निवासी राजा खानको सहयोगमा उक्त खेल मैदानमा धारासंगै मोटरसहित पानी […]