टी ट्वान्टी खेलेर टोली स्वदेश फिर्ता

२४ आश्विन २०७६, शुक्रबार १८:३१
 

सदरलाइनडटकम,
काठमाण्डौ : दुई वटा टी ट्वान्टी सिरिज खेल्न गएको नेपाली क्रिकेट टिम स्वदेश फिर्ता भएको छ । सिंगापुर र ओमानमा भएका सिरिज खेलेर शुक्रवार स्वदेश फिर्ता भएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले स्वागत गर्नुभएको थियो ।
सिंगापुरमा भएको तीन देश सहभागी सिरिजमा नेपाल जिम्बाब्वेसँग दुवै खेलमा पराजित भएको थियो भने सिंगापुरमाथि एक खेलमा जित हात पारेको थियो । त्यस्तै नेपाल र सिंगापुरबीचको एउटा खेल वर्षाका कारण रद्द भएको थियो । सिंगापुरबाट ओमान गएको नेपाली टिमले त्यहाँ पाँच देश सहभागी अर्को सिरिज पनि खेलेको थियो । नेपालले नेदरल्याण्ड्स र हङकङलाई पराजित गर्दा आयरल्याण्ड र ओमानसँग पराजित हुँदा नेपाल तेस्रो भएको थियो ।
नेपाली टिममा युवा खेलाडीको वर्चस्व रहेकाले यो सिरिजलाई अन्तर्रा्ष्ट्रिय ‘एक्सपोजर’ को रुपमा लिइएको थियो । नेपालमा मंसिरमा आयोजना हुन लागेको १३ औं दक्षिण एशियाली खेलकुद दक्षिण एसियाली खेलकुद (साग) को तयारीका रुपमा पनि यो प्रतियोगितालाई लिइएको छ ।
यस प्रतियोगितामा करण केसीले आफूलाई नेपाली टिमको संकट मोचकको रुपमा प्रस्तुत गर्दा कप्तान पारस खड्काको शतक पनि अन्तर्रा्ष्ट्रिय रेकर्डको रुपमा दर्ता भएको छ । त्यसैगरी सन्दीप लामिछाने, विनोद भण्डारीको प्रदर्शन पनि उत्कृष्ट रहेको थियो ।

Next Post

सीता एयरको जहाज आकस्मिक अवतरण

२४ आश्विन २०७६, शुक्रबार १८:३१
सदरलाइनडटकम, काठमाण्डौ : सीता एयरवेज जहाजले आपतकालीन अवतरण गरेको छ । शनिवार बिहान ९ बजे रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुस्थित लुक्ला विमानस्थलका लागि उडेको जहाज मन्थलीमा आकस्मिक अवतरण गरिएको हो । मन्थलीबाट उड्नेबित्तिकै जहाजको इन्जिनमा चरा छिरेपछि आकस्मिक अवतरण गरिएको रामेछापका डिएसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए । जहाजमा १३ यात्रु र […]