त्रिभुवनको शालीक राखिएकोप्रती सत्तागठबन्धनले गम्भीर आपती जनाउँदै प्रशासनलाई ज्ञापनपत्र

सदरलाइन संवाददाता ९ फाल्गुन २०७८, सोमबार १५:३४
 

 नेपालगञ्ज : नेपालगञ्जको त्रिभुवनचोकमा राजा त्रिभुवनको शालीक राखिएकोप्रती सत्तागठबन्धनले गम्भीर आपती जनाउँदै प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन ।

नेकपा माओवादी केन्द्र बाँके, नेकपा (एकीकृत) समाजवादी, राष्ट्रिय जनमोर्चा नेपाल, जनता समाजवादी पार्टीले प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएको हो । फागुन ७ गते प्रजातान्त्र दिवसका दिन राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले शालीक पुनर्स्थापना गरेको थियो ।

ज्ञापनपत्रमा भनिएको छ ‘विगतमा भएको सर्वदलवि सर्वपक्षिय, सहमती विपरीत एकलौटी ढंगले चुनावी फाइदाका लागी समुदायमा सम्प्रदायिक द्वन्द सिर्जना गर्ने उद्देश्यले जनआन्दोलनमा फालिएको पूर्व राजा त्रिभुवनको सालिक राखेको प्रति हामी सत्ता गठवन्धन दलको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विगतमा पनि शालिक राख्ने विषयमा पटक–पटक बिवाद हुंदा नेपालगंज उप–महानगरपालिकाका मेयर डा. धवल शमसेर राणाको अध्यक्षतामा मिति २०७७ कार्तिक ६ गते बसेको सर्वदलिय बैठकले उक्त स्थानमा नेपालको झण्डा र नेपालको नक्सा राख्ने सहमति भएको थियो । तर सो सहमती विपरीत स्वयम मेयर राणाकै उपस्थितीमा सालिक राख्नु लोकतान्त्रिक व्यवस्थामाथि धावा बोलेको ज्ञापनपत्रमा ठहर गरिएको छ ।


मुलुकमा संघीयता, लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षता उपर गरिएको प्रहारलाई नेपाली जनताले कदापि स्वीकार्य गर्ने छैनन्,’ ज्ञापनपत्रमा भनिएको छ,–‘राजतन्त्र र त्यसका अवशेष अन्त्य गर्नका लागि हजारौं नेपाली आमाका सपुतहरुले आफ्नो प्राणको आहुती दिएका छन् ।’

सो ज्ञापनपत्रमा ‘यसरी जन–आन्दोलन, अनयूड, मधेश विद्रोह र संघीयताका लागि भएको आन्दोलनमा सहादत प्राप्त गरेका महान शहीदहरुको अपमान गरी प्रहरी प्रशासनकै उपस्थितीमा शालिक राख्न दिनु प्रशासनको गैर जिम्मेवारी पना र कमजोरी देखिएको छ, यसरी चोक चोकमा शालिक राखिदै जाँदा भिडन्त निम्तिन सक्छ । तसर्थ तत्काल चोक बाट पूर्व राजाको शालिक हटाउन जोडदार माग गर्दछौं। प्रशासनले हटाउन नसकेको खण्डमा हामी आफैले शालिक हटाउन बाध्य हुनेछौं । र सो बाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार स्वयम प्रशासन हुनेछ भन्ने जानकारी गराउँदछौं’ भनिएको छ ।

ज्ञापनपत्र बुझदै बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले प्रहरी प्रशासनको अनुमति बिना शालिक राखिएको बताए ।उनले यसबारेमा आफुले सबैसँग छलफल गरेर निकास निकाल्ने समेत जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा दुर्घटनापछि तनाव, ५ राउण्ड अश्रुग्याँस प्रहार

९ फाल्गुन २०७८, सोमबार १५:३४
दाङ : दाङको लमही–तुलसीपुर सडक खण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मुत्यु भएको विषयलाई लिएर झडप भएको छ । झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्याँस हानेको छ । दुर्घटनामा मृत्यु भएका मोटरसाइकल चालक अर्जुन खड्काको परिवारले ट्रक चालकसँगै घटनामा संलग्न अर्को मोटरसाइकल चालकलाई पनि पक्राउ गर्नुपर्ने माग गर्दै अवरुद्ध गरेको सडक प्रहरीले […]