भारतीय अभिनेता दिलिप कुमारको निधन

सदरलाइन संवाददाता २३ असार २०७८, बुधबार १५:४७
 

काठमाण्डौ : भारतीय वरिष्ठ अभिनेता दिलिप कुमारको निधन भएको छ । केही दिनयता बिरामी परेका दिलिप कुमारको ९८ वर्षको उमेरमा बुधवार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्वासप्रश्वासमा समस्या भएपछि दिलिप कुमारलाई गएको जुन ६ तारिखमा अस्पताल भर्ना गरिएको थियो । बलिउडका ‘ट्रयाजेडी किङ्ग’ भनेर चिनिने उनी पाँच दशकसम्म चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले ‘देवदास’, ‘नयाँ दौर’, ‘राम और श्याम’ लगायत चलचित्रमा अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरी अस्पतालमा एक महिलाको मृत्यु

२३ असार २०७८, बुधबार १५:४७
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–४ बर्दियाकी ६० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । असार १० गते कोभिड संक्रमण पुष्टि भएपछि उनी त्यसैदिन अस्पताल भर्ना भएकी थिइन् । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ६६ जनाको […]