सदरलाइनडटकम
खजुरा (बाँके) : बाँकेको खजुरा क्षेत्रका दुध उत्पादक किसानका लागि कृषि विकास बैंक खजुरा शाखाले बुधबार दुध बोक्ने क्यान वितरण गरेको छ ।
बैंकको सामुदायिक सामाजिक कार्यक्रम अन्तरगत बुधबार खजुरा क्षेत्रका ३३ जना दुध उत्पादक किसानहरुलाई दुध बोक्ने क्यान वितरण गरेको हो ।
कृषि विकास बैंक खजुरा शाखासँग आवद्ध रहेका किसानहरुलाई क्यान वितरण गरिएको बैंकले जनाएको छ । कार्यक्रममा वितिय साक्षरताका विषयमा समेत उनीहरुलाई जानकारी गराईएको शाखाका प्रवन्धक सन्जय राज श्रेष्ठले जानकारी दिए ।
कृषि विकास बैंक क्षेत्रीय कार्यालय नेपालगन्जका निर्देशक रामचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बैंकिङ सेवा, कर्जा, कृषि तथा लघुवित्त लगायतका विषयमा किसानसँग अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा किसान, बुद्धिजीवी, शिक्षकलगायतको सहभागिता रहेको थियो ।
